मुख्य समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ

— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ ।

जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ । ‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका छौ,’ कार्यकारी निर्देशक भट्टले भने,‘ थानकोट डिपोबाट पेट्रोल ८७० किलोलिटर पेट्रोल र ४३० किलोलिटर डिजेल वितरण भएको छ । आपूर्तिको अवस्था सामान्य नै छ ।’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि इन्धन वितरणको अवस्था सामान्य रहेको जनाए । ‘व्यवसायीहरुले माग गरेअनुसार निगमले उपलब्ध गराएको छ । आपूर्तिमा समस्या देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘आन्दोलनको क्रममा केही पम्पहरु बन्द थिए, त्यही कारण केही स्थानको पम्पमा भीड देखियो । अहिले अवस्था सामान्य भइसकेको छ ।’

निगमका अनुसार इन्धन मौज्दातको अवस्था पनि पर्याप्त नै छ । थानकोट डिपोमा ३४०० किलोलिटर पेट्रोल र ५९०० किलोलिटर डिजेल मौज्दात रहेको कार्यकारी निर्देशक भट्टले बताए । मुलुकभर १५ हजार ५०० किलोलिटर पेट्रोल र ३७ हजार १०० किलोलिटर डिजेल मौज्दात रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी “न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडि बढ्नुपर्ने बताएका छन्। जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः आफ्नो जिम्मेवारीमा आउने उनले बताएका हुन्। ‘कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहश, छलफल र ...
: काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंबाट शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो । आलमको जनाजा र अत्येष्टिमा मुस्लिम ...
: नेपाली कांग्रेस संसद विघटनको असंवैधानिक कदमका विपक्षमा रहेको जनाएको छ। शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन सर्वोच्च अदालतको ब्याख्या विपरीत भएको र संविधान सम्मत नभएको जनाएको छ। 'संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल ...
: नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले नयाँ र युवा मैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने बताएका हुन्। ‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ। बिचको पुस्ता छ। युवा पुस्ता छ।’उनले भने, ‘हाम्रो पार्टीमा जेन्जी ...
। जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन खरानी भएका छन् । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम