मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित

– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित गरेको छ । मोहम्मद सलाहले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । टर्फ मुरमा भएको यो खेलको नतिजापछि लिभरपुलको शतप्रतिशत सुरुआत कायम राख्दै फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ ।


यो नतिजापछि लिभरपुलको ४ खेलबाट १२ अंक भएको छ । बर्नली खेलको अन्त्यमा १० खेलाडीमा सीमित रह्यो । लेस्ली युगोचोक्वु रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । बर्नलीको ४ खेलबाट ३ अंक छ ।


आइतबारकै अर्को खेलमा .म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३–० ले पराजित गरेको थियो । इतिहाद स्टेडियममा भएको खेलमा फिल फोडेनले सिटीलाई १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसमा इर्लिङ हालान्डले ५३ औं र ६८ औं मिनेटमा दुई गोल थपेका थिए ।

त्यसअघि फाबियो कार्भाल्होले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्डले शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको थियो । मोसे काइसेडोले ८५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ ले अगाडि राखेपछि टिम विजयतर्फ अग्रसर देखिएको थियो ।

यसअघि केभिन स्चाडेको गोलमा ब्रेन्टफोर्डले अग्रता लिएपछि कोल पाल्मरले बराबरी गोल फर्काएका थिए । यो यो नतिजापछि चेल्सी ८ अंकसहित पाँचौं स्थानमा छ । टोटनहमले वेस्ट ह्यामलाई ३–० ले पराजित गरेको थियो । ४ खेलमा तेस्रो जित हात पारेर टोटेनहम तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम