मुख्य समाचार
आन्दोलनबाट ठूलो क्षति व्यहोरेको सिंहदरबार परिसरमा सर्वसाधारण र कर्मचारीको चहलपहल
आन्दोलनबाट ठूलो क्षति व्यहोरेको सिंहदरबार परिसरमा सर्वसाधारण र कर्मचारीको चहलपहल

— जेन–जीको नेतृत्वमा भएको आन्दोलनबाट ठूलो क्षति व्यहोरेको सिंहदरबार परिसरमा आइतबारबाट सर्वसाधारण र कर्मचारीको चहलपहल देखियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय नयाँ निर्माण भएको गृह मन्त्रालयमा सारिएको छ भने आगजनीबाट क्षतिग्रस्त मन्त्रालयहरू भने सरसफाइ गर्न सुरु गरिएको छ।


आंशिक क्षति भएका अर्थ, वन, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, पर्यटन, भूमि व्यवस्था लगायतका मन्त्रालय खुलेका छन्। कर्मचारीहरू ठूलो संख्यामा उपस्थित भएर आ–आफ्नो मन्त्रालयमा भएको क्षतिको विवरण संकलन गरेका छन् भने सरसफाइ सुरु गरिएको छ। सबैभन्दा धेरै क्षति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा नजलेका फर्निचरलगायतका सामान धमाधम अन्यत्र सारिएको छ।


प्रधानमन्त्री कार्यालयको अगाडिको भाग तथा प्रधानमन्त्री बस्ने कोठाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूको कोठामा आंशिक क्षति भएको छ। उक्त कोठाको फर्निचर अन्यत्र सारिएको छ। प्रधानमन्त्री कार्यालय नयाँ गृह मन्त्रालयमा व्यवस्थापन गरिएको छ भने ध्वस्त भएको गृह मन्त्रालयको कार्यकक्ष भने उद्योग मन्त्रालय नजिकैको पुरानो परराष्ट्र मन्त्रालयमा तयार गरिएको छ।

सोमबारदेखि औपचारिक रूपमा उक्त स्थानबाट दैनिक काम सुरु गरिने जानकारी गृह सचिव गोकर्णमणि दुवाडीले दिए। सचिव दुवाडीका अनुसार दैनिक कार्यसञ्चालनका लागि सबै कर्मचारीलाई सम्भव व्यवस्थापन मिलाउन भनिएको छ। मन्त्रालयहरूमा बचेका कागजपत्र र फर्निचर सुरक्षित स्थानमा लगिएको छ।

कतिपय मन्त्रालय आंशिक रूपमा क्षति भएको र कतिपयमा कुनै पनि क्षति नभएको देखिएको छ। तर सबैजसो मन्त्रालयको सवारीसाधनमा आगो लगाएर कामै नलाग्ने बनाइएको छ। कुनै–कुनै मन्त्रालयका गाडीको सिसा मात्र फुटाइएको छ भने अधिकांशलाई जलाइएको छ। सबैजसो मन्त्रालयको संघीय मन्त्रालयको ग्राउन्ड फ्लोर र पहिलो तलाबाहेकका कोठाहरूमा क्षति नपुगेका कारण कर्मचारीलाई केही सहज भएको छ।

प्रधानमन्त्री कार्यालयसहितका कतिपय मन्त्रालयहरू लगभग ध्वस्त भएकाले सोही स्थानबाट सेवा प्रवाह गर्न सक्ने अवस्था छैन। सिंहदरबार परिसरमा जलेका सवारीसाधन छरपस्ट देखिन्छन् भने सेवाग्राहीभन्दा पनि उपस्थित कर्मचारीहरू अलमलमा देखिन्थे। परिसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृहमन्त्रालय सबैभन्दा बढी ध्वस्त भएका छन्।

सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालय पनि ध्वस्त छ। सिंहदरबारको सबैभन्दा ठूलो समस्या जलेका सवारीसाधनलाई कसरी व्यवस्थापन गर्ने र सेवा प्रवाहको व्यवस्थापन कसरी मिलाउने भन्ने चुनौती देखिएको छ। अर्थ मन्त्रालयको बजेट महाशाखाको कागजपत्र सबै जलेर ध्वस्त भएको छ। मन्त्रालयको पछिल्लो मागमा राखेका गाडीहरूको सिसा फुटाइएको छ। अर्थको अगाडिका सबै गाडी जलेका छन्। कतिपय मन्त्रालयको भित्री भागमा क्षति नपुगे पनि गाडी जलेको धुवाँले भवनहरू कालो देखिएका छन्। क्षति नपुगेका मन्त्रालयहरूका सचिवहरूले कर्मचारीसहितको बैठक सञ्चालन पनि गरेका छन्।




तर हरेक मन्त्रालयको प्राङ्गणमा जलेका सवारीसाधन देखिन्छन्। ध्वस्त भएका सवारीसाधन कुन मन्त्रालय वा निकाय हो अर्थात् कसले चढेको थियो भन्ने पत्ता लगाउनसमेत नसकिने भएको छ। सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद मैनालीले आफ्नो मन्त्रालयअन्तर्गतका मात्र ५० भन्दा बढी गाडी जलेको बताए। भौतिक संरचना र सवारीसाधनको क्षति कसरी आँकलन गर्ने भन्ने पनि कठिन भएको उनले बताए। सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, अर्थ मन्त्रालयमा आंशिक क्षति भएको छ।

अर्थको बजेट महाशाखाका सबै कागजपत्र जलाइएका छन्। अर्थका कर्मचारी उपस्थित भएर दैनिक काम सुरु गरेका छन्। परराष्ट्र, पर्यटन, कानुन, भूमि व्यवस्था, सहरी विकास, उद्योग, वाणिज्य, रक्षा, श्रम, सञ्चार मन्त्रालय, खानेपानी, भौतिक पूर्वाधार मन्त्रालयमा खासै क्षति देखिएको छैन। सवारीसाधन भने सबै मन्त्रालयका जलाइएका छन्।

खानेपानी मन्त्रालयको सिंहदरबार परिसरमा राखिएका तीन वटा गाडी जलेका छन्। शिक्षा र कृषि मन्त्रालयमा आंशिक क्षति भएको छ। संघीय मामिला मन्त्रालयका सहसचिव प्रकाश दाहालले दैनिक कामकाज सुरु भएको बताए। तर संघीय मन्त्रालयको पहिलो तलामा सबैभन्दा धेरै क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो। देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको ...
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्। उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...