मुख्य समाचार
डडेलधुरामा प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्लामा तीन करोड बढीको धनजनको क्षति
डडेलधुरामा प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्लामा तीन करोड बढीको धनजनको क्षति

: जेनजी आन्दोलनले डडेलधुरा ठूलो क्षति भएको छ। २४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्लामा तीन करोड बढीको धनजनको क्षति भएको हो।



जिल्लाका सरकारी, गैर सरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्रीको घरमा गरिएको आगलागी, तोडफोडबाट करिब तीन करोड मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचन कार्यालय लगायतका सरकारी कार्यालयहरू, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) गैर सरकारी संस्था, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, विपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजनी र तोडफोड गर्दा उक्त मूल्य बराबरको क्षति भएको हो।


सबैभन्दा बढी क्षति गैर सरकारी संस्था रुडुकमा भएको छ। रुडुकका दुईवटा भवन र सबै सामग्रीहरू आगजनीबाट ध्वस्त भएका छन्। रुडुकमा करिब ४० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ। सरकारी कार्यालयहरू मध्ये मालपोत कार्यालयको करिब ३० लाख क्षति भएको छ।

त्यसैगरी नेपाली कांग्रेस , नेकपा एमाले , अमरगढी नगरपालिका र बहुउद्देश्यीय विकास समाज लगायतका कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ। जेनजी आन्दोलनका कारण बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आएका छन्। अन्य सरकारी र गैरसरकारी कार्यालय पनि सुचारु भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो। देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको ...
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्। उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...