मुख्य समाचार
जेनजी समूहको आन्दोलनपश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ
जेनजी समूहको आन्दोलनपश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ

: जेनजी समूहको आन्दोलनपश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ। भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको काँकडभिट्टा नाकामा भर्खरै केहीबेर अघि सञ्चालनमा आएको जनाइएको छ। सो नाका ६ दिनसम्म ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो।



नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए। एसएसबीले नाका खुलाए पनि अझै परिस्थिति भने सामान्य बनेको छैन। भारतीय निजी गाडीहरू भने नेपाल आउन पाएको छैन। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाका अनुसार पुरानो पुलबाट आउजाउ मात्रै सहज भएको छ।



सिटी सफारी तथा अन्य सवारीसाधन पूर्ण रूपमा अझै सञ्चालन आउन सकेको छैन। मेची भन्सारको यात्रु शाखा जलेर ध्वस्त भएपछि भारतबाट आउने भारतीय गाडीहरूको हकमा समस्या देखिएको हो। यात्रु शाखा सञ्चालनमा आएपछि मात्र नाका पूर्ण रूपमा सञ्चालनमा आउने उनको भनाइ छ।


यता भद्रपुर नाका भने शुक्रबारबाटै सञ्चालनमा आए पनि एसएसबीले परिचयपत्र हेरेर नाम टिप्न थालेपछि जनताले सास्ती झेल्नु परिरहेको छ। नाम टिप्ने समस्याका कारण जनता लाइनमा बस्नु परेको अवस्था बनेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो। देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको ...
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्। उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...