मुख्य समाचार
वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा
वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

: वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीको नाम सार्वजनिक गरेको हो।



टाेलीमा नेपाल 'ए' टिमबाट आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिल आलमले नेपालको सिनियर टिममा पुनरागमन गरेका छन्। २ वर्षभन्दा लामो समय क्रिकेटबाट निलम्बनमा रहेका आदिलले 'ए' टिम हुँदै सिनियर टिममा परेका हुन्।



'ए' टिममा राम्रो खेलेका सन्दीप जोराले पनि सिनियर टिममा स्थान बनाएका छन्। नेपाली टुरमा यसअघि रहेका भिम सार्की र रुपेश कुमार सिंह भने टिममा अटाएनन्।


नेपाली टोलीले सेप्टेम्बर २७, २९ र ३० मा यूएईको सारजाह क्रिकेट स्टेडियममा यो सिरिज खेल्नेछ ।

वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीः
रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), आशिफ शेख(विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता सुचारु हुने मिति चाँडै घोषणा गरिने जनाएको हो। लिग चरणका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको र बाँकी सात खेलको मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने आयोजकले जनाएको ...
— वेस्ट इन्डिजविरुद्धको ट्वान्टी ट्वान्टी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १६ सदस्यीय टिम घोषणा गरेको छ । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजविरुद्ध सारजहामा तीन ट्वान्टी ट्वान्टी खेल्नेछ । रोहित पौडेलको कप्तानीमा घोषित टिममा दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बाम, कुशल मल्ल र मोहम्मद आदिल छन् ...
– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित गरेको छ । मोहम्मद सलाहले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । टर्फ मुरमा भएको यो खेलको नतिजापछि लिभरपुलको शतप्रतिशत सुरुआत कायम राख्दै फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ । यो नतिजापछि लिभरपुलको ४ खेलबाट १२ ...
बार्सिलोनाको भ्यालेन्सियामाथि आधा दर्जन गोल
: एसिया कप २०२५ मा बंगलादेशले बिहीबार हङकङको सामना गरेको छ। दुई टोलीबीचको समूह ʻबीʼ को खेल अबुधाबीको शेख जायद रंगशालामा भएको हो। खेलमा बंगलादेशले हङकङलाई सात विकेटले पराजित गरेको छ। हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। जवाफमा बंगलादेशले १४ बल बाँकी रहँदा लक्ष्य हासिल गर्‍यो। एसिया कप २०२५ ...