मुख्य समाचार
राष्ट्रिय टोलीमा आदिलको पुनरागमन
राष्ट्रिय टोलीमा आदिलको पुनरागमन

— वेस्ट इन्डिजविरुद्धको ट्वान्टी ट्वान्टी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १६ सदस्यीय टिम घोषणा गरेको छ । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजविरुद्ध सारजहामा तीन ट्वान्टी ट्वान्टी खेल्नेछ ।


रोहित पौडेलको कप्तानीमा घोषित टिममा दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बाम, कुशल मल्ल र मोहम्मद आदिल छन् ।


यस्तै अन्य सदस्यमा आरिफ सेख, सन्दीप जोरा, करण केसी, कन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र साहब आलम रहेका छन् ।

लामो समयपछि आदिलको राष्ट्रिय टोलीमा पुनरागमन भएको छ । म्याच फिक्सिङको आरोप लागेपछि उनी राष्ट्रिय टोलीबाट बाहिर थिए । अदालतले उनलाई सफाइ दिए पनि टोलीमा समावेश हुन पाएका थिएनन् ।

भारतको आसाम टिमसँगको खेलमा नेपाल ‘ए’मा अटाएर राम्रो प्रदर्शन देखाएका आदिल यसपटक वेस्टइन्डिजसँगको शृंखलाका लागि अटाएका हुन् । आगामी एनपीएल दोस्रो संस्करणमा आदिल काठमाडौं गोर्खाजमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेक्जान्डर इसाकको दुई गोलको मदतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुगलाई ३–० ले हराएको छ र प्रतियोगिताको अन्तिम १६ को नजिक पुगेको छ । इसाकले १३ र ८२ औं मिनेटमा एक एक गोल गरे भने फ्लोरिन विर्टजले ७९ औं मिनेटमा अर्को गोल थपे । यो जितपछि लिभरपुलको १२ अंक भएको छ र पाँचौं स्थानमा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र ...
। कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो । एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा आज देखि सुरु हुँदैछ । महिला क्रिकेट यसअघि नै सुरु भइसकेपनि पुरुष क्रिकेट भने आज बिहीबारदेखि कालुन्चौका क्रिकेट मैदानमा सुरु हुनेछ । जहाँ सुदूरपश्चिम र कर्णाली तथा गण्डकी र नेपाल आर्मी क्लबबीच खेल हुनेछ । १०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते तय भएपनि मंसिर ...
। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर कोशीले खेलको अन्तिम १५ मिनेटमा दुई ...