मुख्य समाचार
प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्
प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्

: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्।



उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म भयो। अपराधीले हामीमाथि गरेको चुनौती हो। यो मुलुकको विरुद्ध गरेको चुनौती हो। जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ।’



सिंहदरबार, सर्वोच्च अदालत जल्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। भवन जल्नुभन्दा पनि महत्त्वपूर्ण कागजात जल्दा शून्य अवस्थामा पनि पुर्‌याएको बताइन्।


उनले व्यक्तिका घर र सम्पत्ति आगजनी गरेर २४ गते आतंक फैलाइएको उल्लेख गरिन्। उनले सरकारी तथा व्यवसायी,उद्योगीको सम्पत्तिसमेत क्षति भएको बताइन्। उनले उद्योगी व्यवसायीलाई सरकारले लोन दिएर हुन्छ कि के गरेर हुन्छ प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो। देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको ...
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...
— नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज कार्यभार सम्हालेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सिधै अर्थ मन्त्रालयमा कार्यभार सम्हालेका हु्न् । कार्यभार सम्हाल्ने क्रममा अर्थमन्त्री खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने बताएका छन् । आफ्नो अध्यक्षतामा गठित अर्थतन्त्र सुधारका लागि ...