मुख्य समाचार
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाई दिएका छन्
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाई दिएका छन्

। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाई दिएका छन् ।

मंगलबार दिउँसो फेसबुक अकाउन्टबाटै शाक्यले विभागीय मन्त्रालयको जिम्मेवारी पाएका घिसिङलाई बधाई दिएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले फेसबुकमा लेखेका छन्, ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ ।’

मन्त्री बनेका घिसिङलाई कार्यकाल सफलताको शुभकामना दिँदै शाक्यले भनेका छन्, ‘ सम्पूर्ण ऊर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’

सोमबार नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङको पदभार ग्रहण समारोहमा ऊर्जा मन्त्रालयका सचिव, सहसचिवहरू, मन्त्रालयका अधिकारी तथा मातहतका निकायका अधिकारी र पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।

तर, विभागीय मन्त्रीको पदभार ग्रहण कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको खोजी भएको थियो ।

तर, विदेश भ्रमणमा रहेकाले उनी अनुपस्थित भएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका थिए ।

प्राधिकरणका अन्य कर्मचारीहरु भने सहभागी थिए । नेपालमा जेनजीको आन्दोलन हुनुअघि नै शाक्य शुरुमा फ्रान्स र उतैबाट दक्षिण कोरिया भ्रमणमा गएको प्राधिकरण स्रोतले जनाएको छ ।

विगतका सरकारहरूले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्दा सुरूमा शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गर्ने, पछि घिसिङलाई हटाएर शाक्यलाई बनाएका थिए ।

विगतका दुई प्रतिस्पर्धीमध्ये एक घिसिङ अहिले मन्त्री बनेपछि उनीहरूबीचको भावी सम्बन्धबारे चर्चा भइरहेको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका घिसिङलाई हटाएर गत चैतमा शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

त्यसअघि २०७८ सालमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकमा पुन: नियुक्ति गरेको थियो ।

घिसिङलाई कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको पाँच महिनामै उनी मन्त्री बनेर सिंहदरबार छिर्ने अवसर पाएका छन् ।

घिसिङ देशलाई १८ घण्टा लोडसेडिङ मुक्त गराएर चर्चामा आएका थिए । तत्कालीन ऊर्जामन्त्री दिपक खड्कासँग ट्रंक र डेडिकेडेड लाइनको विद्युत महसुल बिल उठाउने विषयमा विवाद देखिएको थियो ।

यो विवाद लामो समय चलेपछि २०८१ चैत ११ गते मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको थियो ।

अहिले घिसिङ मन्त्रीको पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रूपमा उद्योगहरूसँग बाँकी बक्यौता उठाउन निर्देशन दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको ...
। जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाँडाको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए । उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, ...
। विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् । उनले भनेका छन्, ‘सम्पूर्ण नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन जी र ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् । पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’ आफूलाई प्रधानमन्त्री ...
। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरू बीच छलफल भएको थियो ...