मुख्य समाचार
तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्
तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्

: तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्था सुधार हुने आशा व्यक्त गरेका छन्।



'गणतन्त्र नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा तपाईंको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताको लागि खुशीको क्षण र राम्रो भविष्यको आशा दुवै हो,' बधाई सन्देशमा भनिएको छ। उनले नेपाली जनताको बलिदान, विशेष गरी जेनजी क्रान्तिको समयमा गरिएको योगदानको पनि उल्लेख गरिएको छ।



धर्मगुरु दलाई लामाले पनि नेपाल र तिब्बतीबीचको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरेको सन्देशमा भनिएको छ। सन् १९५९ देखि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकार र नेपाली जनताले प्रदान गरेको सहयोगप्रति उनले आभार व्यक्त गरेका छन्। 'म यो ऐतिहासिक सम्बन्धको महत्वलाई पुनः जोड दिन चाहन्छु,' सन्देशमा भनिएको छ।


नेपालमा शरण लिन बाध्य तिब्बतीहरूको अवस्था अहिले जटिल रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 'हामीले विगतका वर्षहरूमा गरेका सबै प्रयासहरू असफल भएका छन्, तर तपाईंको नेतृत्वमा हामीलाई आशाको किरण देखिएको छ,' सिक्योङले भनेका छन्। उनले यही सरकारले नेपालमा रहेका तिब्बत शरणार्थीहरूले राहत पाउने विश्वास व्यक्त गरेका छन्। 'हामी तपाईंलाई विश्वस्त गराउन चाहन्छौं कि तिब्बती जनता नेपालको विकासमा सकारात्मक रूपमा सहभागी हुनेछन्,' सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको ...
। जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाँडाको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए । उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, ...
। विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् । उनले भनेका छन्, ‘सम्पूर्ण नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन जी र ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् । पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’ आफूलाई प्रधानमन्त्री ...
। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरू बीच छलफल भएको थियो ...