मुख्य समाचार
करण जोहरले पनि अनुमतिबिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीक प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दायर
करण जोहरले पनि अनुमतिबिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीक प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दायर

बलिउड निर्माता-निर्देशक करण जोहरले पनि अनुमतिबिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीक प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार जोहरले व्यक्तित्व अधिकारको संरक्षणको माग गर्दै उनले दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उनले आफ्नो नाममा अवैध रूपमा सामान बेच्नबाट मानिसलाई रोक्न माग गरेका छन् ।

जोहरले सोमबार आफ्नो पहिचान र प्रचार अधिकारको सुरक्षाको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका हुन् । जोहरको यो निवेदन न्यायाधीश मनमीत पीएस अरोरा समक्ष सुनुवाइको लागि पुगेको छ ।

आफ्नो व्यक्तित्व र प्रचार अधिकारको संरक्षणबाहेक, जोहरले अदालतलाई केही वेबसाइट र प्लेटफर्मलाई आफ्नो नाम र तस्वीर भएका मग र टी-सर्ट लगायतका सामान अवैध रूपमा नबेच्न निर्देशन दिने आदेश दिन पनि अदालतलाई अनुरोध गरेका छन् ।
यस मुद्दामा ऐश्वर्या राय र अभिषेक बच्चनले पनि दिल्ली उच्च अदालतबाट राहत पाएका छन् । अदालतले अनलाइन प्लेटफर्मलाई अभिनेताको नाम, तस्वीर र आवाज उनको अनुमति बिना प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

यसबाहेक, अभिषेकको एआई जेनेरेटेड तस्वीरको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।

ऐश्वर्या र अभिषेकभन्दा पहिले अभिनेता ज्याकी श्राफले पनि यस वर्षको मे महिनामा अदालतमा निवेदन दिएका थिए । उनले आफ्नो छवि र भिडियो परिवर्तन गरेर अनुमति बिना सामान बेचिएको आरोप लगाएका थिए । अदालतले उनको व्यक्तित्व र प्रचार अधिकारको पनि रक्षा गरेको थियो ।

सन् २०२३ मा, अदालतले अनिल कपूरको छवि, आवाज र उनको ’झकास’ क्याचफ्रेजको दुरुपयोगमा प्रतिबन्ध लगाएको थियो । नोभेम्बर २०२२ मा, अमिताभ बच्चनको व्यक्तित्व र प्रचार अधिकार पनि सुरक्षित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...