। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरू बीच छलफल भएको थियो ।
यस्तै अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन् ।