मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरुबीच भदौ ३१ गते मंगलबारका लागि तय भएको बैठक स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरुबीच भदौ ३१ गते मंगलबारका लागि तय भएको बैठक स्थगित

। अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरुबीच भदौ ३१ गते मंगलबारका लागि तय भएको बैठक स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नै ए डिभिजन लिग खेल्ने क्लबहरुलाई पत्र पठाउँदै ‘ए’ डिभिजन क्लबसँगको छलफल कार्यक्रम प्राविधिक कारण स्थगित गरिएको जनाएको छ ।

‘एन्फाको २०८२ भदौ २३ गतेको पत्रमार्फत २०८२ भदौ ३१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०२५ सम्बन्धि छलफल गर्न बैठक राखिएकोमा प्राविधिक कारणबस अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको व्होरा जानकारी गराइन्छ’ एन्फा सहायक महासचिवव दामोदर भट्टराईले क्लबहरुलाई सम्बोधन गर्दै पठाएको पत्रमा भनिएको छ ।

एन्फाले बैठक बोलाएकै दिन मात्र क्लबहरुलाई आधिकारिक रुपमा पत्र पठाएर बैठक स्थगित भएको जानकारी गराएको हो ।



सोमबार एन्फाका केही पदिधकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा यू१६ लिग, ‘ए’ डिभिजन लिग सम्बन्धि बैठक लगायत गतिविधि स्थगित गर्ने विषयमा छलफल भएको थियो ।

त्यसअघि एन्फा क्लबहरुलाई एमएमएस मात्र पठाएर यू१६ लिग स्थगित भएको जानकारी गराएको थियो । तर क्लबहरुले भने पत्र पठाएर नै स्थगित गरिएको जानकारी गराउनुपर्ने माग राखेपनि एन्फाले ढिलै भएपनि त्यो प्रकृया पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया किंग्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । प्रोभिडेन्समा बुधबार भएको खेलमा ताहिरले चार ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । यो उनको टी–२० ...
: नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। एसीसी प्रिमियर कपको शिर्ष ३ टोलीले इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन्। नेपालले ओमानलाई पराजित गरेसँगै फाइनल पुगेको हो। ओमान र हङकङबिच तेस्रो स्थानको ...
: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड ...
: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र ...
: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले ...