मुख्य समाचार
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन्

। जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् ।

प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाँडाको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए ।


उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरुको जलेको घर अवलोकन गरेका छन् । शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे ।

स्रोतका अनुसार माधव नेपाललाई सेनाले २५ भदौमै ब्यारेकबाट छोडेको थियो । माधवलाई प्रचण्डसँगै सिंहदरबारस्थित सेनाको ब्यारेकमा राखिएको थियो । विपक्षी दलहरुको बैठकका निम्ति त्यहाँ पुगेका प्रचण्ड र माधवलाई त्यहीं सेनाको ब्यारेकमा राखिएको थियो ।



‘धेरैले शिवपुरीमा नजरबन्द गरिएको भनेर हल्ला चलाए । कतिपयले भैरवनाथ गणमा राखिएको भने’ स्रोतले भन्यो, ‘तर उहाँहरुलाई एक दिन सिंहदरबारमा राखिएको हो। भोलिपल्टदेखि आफन्तको घरमा बस्दै आउनुभएको छ ।’

अहिले प्रचण्ड र माधव नेपालले आफन्तको घरमा शरण लिंदै आएका छन् । प्रचण्डले हरेक दिन आफू बस्ने डेरा सार्दै आएको माओवादी स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको ...
। विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् । उनले भनेका छन्, ‘सम्पूर्ण नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन जी र ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् । पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’ आफूलाई प्रधानमन्त्री ...
। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरू बीच छलफल भएको थियो ...
। जेनजीहरुको आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागार तोडफोड गरेर भागेका १६१ जना कैदीबन्दी पक्राउ परेका छन् । कारागार प्रशासनले दिएको जानकारीअनुसार सोमबार साँझ ७ बजेसम्म १६१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर कारागार फर्काइएको हो । १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारको ‘क’ ब्लक र ‘ख’ ब्लक तोडफोडपछि गत बुधवार मध्यराती र बिहान गरेर ४४० जना कैदीबन्दी ...