मुख्य समाचार
गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ
गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ

: संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)का अनुसार गाजा सहरमा हालैका दिनमा गाजामा इजरायलले गरेको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकहरूले दक्षिणतर्फ सरेका छन् ।



उक्त कार्यालयले जनाएअनुसार,अगस्त महिनाको मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिहरूले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद,पैदलै यात्रा गर्न बाध्य छन् ।



विस्थापित परिवारहरू विशेषगरी महिला र वृद्ध सदस्यको नेतृत्वमा नाङ्गो खुट्टा,घाइते बालबालिका र भारी बोक्दै,घण्टौंसम्म हिंडिरहेका छन् । संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले करिब एक हजार ५०० भन्दा बढी व्यक्तिहरूलाई मानसिक सहायता,खानेपानी तथा औषधोपचार प्रदान गरिसकेका छन् ।जसमा ९०० भन्दा बढी बालबालिका छन्।


स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका अनुसार गाजाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा अत्यधिक चाप छ । यसै साता गाजा सहरको अल–कुद्स अस्पताल नजिकैको आक्रमणका कारण अस्पतालमा क्षति पुगेको छ र हाल उक्त स्थानमा विस्थापितहरू आश्रय लिइरहेका छन् । यसबाहेक,संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित ६ स्वास्थ्य केन्द्रमध्ये केवल ३ वटा मात्र सञ्चालनमा रहेका छन् ।

जिकीम सीमा नाका विगत चार दिनदेखि बन्द रहेको तथा भीड र लुटपाटका कारण इन्धन र औषधिसम्बन्धी आपतकालीन सेवाहरू अवरुद्ध भएको ओसीएचएले जनाएको छ । सहायता बोकेका सवारी साधनहरू ढिलो हुने,जोखिम सामना गर्नुपर्ने र बाटोमै अड्किने समस्याले सहायता अत्यन्त आवश्यक रहेका व्यक्तिहरूसम्म पुग्न गाह्रो भएको छ ।

ओसीएचएअनुसार यी सबै चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले गाजा क्षेत्रमा अत्यावश्यक सेवा प्रदान गर्न निरन्तर प्रयासरत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...
। मेक्सिकोको हर्मोसिलोमा एक पसलमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हर्मोसिलो शहरस्थित वाल्डोज नामको स्टोरमा आगलगी भएको हो । वाल्डोज मेक्सिकोकै सबभन्दा ठूलो डिस्काउन्ट स्टोरको चेन समेत हो । स्थानीय अधिकारीका अनुसार विस्फोटपछि आगलागी भएको थियो । तर, त्यहाँका गभर्नर अल्फोंसो दुराजोले भने आगलागीको कारण नखुलेको बताएका ...
। ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप लगाएको छ। एक भिडियो सन्देशमा भनिएको छ, कम्पनीहरूले एच-वानबी भिसाको गलत प्रयोग गरी कम तलबमा विदेशी कामदारहरूलाई रोजगारी दिए, यसले अमेरिकी युवाहरूको ‘अमेरिकन ड्रीम’ खोसियो। भिडियोमा यस किसिमको अनियमितता गर्न दिने राजनीतिक नेतृत्व र कर्मचारीहरूलाई पनि दोषी ठहर गरिएको छ। ट्रम्प प्रशासनका अनुसार, एच-वानबी ...