मुख्य समाचार
गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ
गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ

: संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)का अनुसार गाजा सहरमा हालैका दिनमा गाजामा इजरायलले गरेको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकहरूले दक्षिणतर्फ सरेका छन् ।



उक्त कार्यालयले जनाएअनुसार,अगस्त महिनाको मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिहरूले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद,पैदलै यात्रा गर्न बाध्य छन् ।



विस्थापित परिवारहरू विशेषगरी महिला र वृद्ध सदस्यको नेतृत्वमा नाङ्गो खुट्टा,घाइते बालबालिका र भारी बोक्दै,घण्टौंसम्म हिंडिरहेका छन् । संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले करिब एक हजार ५०० भन्दा बढी व्यक्तिहरूलाई मानसिक सहायता,खानेपानी तथा औषधोपचार प्रदान गरिसकेका छन् ।जसमा ९०० भन्दा बढी बालबालिका छन्।


स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका अनुसार गाजाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा अत्यधिक चाप छ । यसै साता गाजा सहरको अल–कुद्स अस्पताल नजिकैको आक्रमणका कारण अस्पतालमा क्षति पुगेको छ र हाल उक्त स्थानमा विस्थापितहरू आश्रय लिइरहेका छन् । यसबाहेक,संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित ६ स्वास्थ्य केन्द्रमध्ये केवल ३ वटा मात्र सञ्चालनमा रहेका छन् ।

जिकीम सीमा नाका विगत चार दिनदेखि बन्द रहेको तथा भीड र लुटपाटका कारण इन्धन र औषधिसम्बन्धी आपतकालीन सेवाहरू अवरुद्ध भएको ओसीएचएले जनाएको छ । सहायता बोकेका सवारी साधनहरू ढिलो हुने,जोखिम सामना गर्नुपर्ने र बाटोमै अड्किने समस्याले सहायता अत्यन्त आवश्यक रहेका व्यक्तिहरूसम्म पुग्न गाह्रो भएको छ ।

ओसीएचएअनुसार यी सबै चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले गाजा क्षेत्रमा अत्यावश्यक सेवा प्रदान गर्न निरन्तर प्रयासरत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम