मुख्य समाचार
कतारले गाजाको नियन्त्रण कब्जा गर्न इजरायलको स्थल कारबाहीको निन्दा गरेको छ
कतारले गाजाको नियन्त्रण कब्जा गर्न इजरायलको स्थल कारबाहीको निन्दा गरेको छ

: कतारले गाजाको नियन्त्रण कब्जा गर्न इजरायलको स्थल कारबाहीको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको यो अभियानलाई भ्रातृ प्यालेस्टिनी जनता विरुद्धको युद्धको कार्य र नरसंहारको विस्तारको रुपमा लिएको जनाएको छ।



'इजरायलले गाजाको नियन्त्रण कब्जा गर्न सुरू गरेको ठूलो मात्रामा स्थल आक्रमणको कतारले कडा निन्दा गर्दछ। कतारले यसलाई भ्रातृ प्यालेस्टिनी जनता विरुद्धको युद्धको कार्य, नरसंहारको विस्तार र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन मान्दछ,' विज्ञप्तिमा भनिएको छ ।



कतारको विदेश मन्त्रालयले इजरायलले शान्तिको सम्भावनालाई कमजोर पार्न व्यवस्थित रूपमा काम गरिरहेको चेतावनी दिएको छ।


मन्त्रालयले यो अवस्थाले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा निम्त्याउने र यसलाई रोक्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताएको छ। कतारले फेरि एकपटक 'दुई राज्य समाधान' को लागि आह्वान गरेको छ।

इजरायलले गाजा शहरमा भारी बमबारी गरेको छ। इजरायली सेनाले गाजा शहर कब्जा गर्ने उद्देश्यले स्थलगत कारबाही सुरू गरेको बताएको छ। जसका कारण हजारौं परिवारहरू गाजा शहरबाट भागिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । ...
— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्रीले नै सम्हाल्दै आएकी थिइन् । मंसिर २६ गते भण्डारीले ...
— संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय ...
: ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २७ वर्षीय चाङ वेनले ‘स्मोक बम’ प्रज्वलन गर्दै भीडभाड भएको क्षेत्रमा मानिसमाथि आक्रमण गरेका थिए। ताइवानका प्रधानमन्त्री चो ...
: अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित गरिएको छ। अमेरिकामा स्थायी बसोबासका लागि डाइभरसिटी भिसामार्फत प्रत्येक वर्ष ठूलो संख्यामा आप्रवासन हुने गरेको थियो। नेपालबाट पनि डाइभरसिटी भिसा लोटरीमार्फत अमेरिका आएकाको संख्या अत्यधिक रहेको छ। यो लोटरी कार्यक्रममार्फत सपरिवार ग्रिनकार्डसहित अमेरिका आउन सकिन्थ्यो। डाइभरसिटी भिसा कार्यक्रमको विपक्षमा रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम