मुख्य समाचार
लगातारको अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकखण्ड अवरुद्ध
लगातारको अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकखण्ड अवरुद्ध

: लगातारको अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडकमा पहिरो खसेपछि जिल्लाका चारवटा सडकखण्ड अवरुद्व भएका हुन ।



कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका - २ स्थित राक्से क्षेत्रमा ठूलो पहिरो खसेर बाटो अवरुद्ध भएको छ। त्यस्तै, मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्डको रुरु गाउँपालिका - ३ स्थित सल्लेरीमा खसेको पहिरोका कारण यातायात पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिए।



उनका अनुसार, रुद्रवेणी–वामी सडकखण्डको सत्यवती–४, भिरमा खसेको पहिरोले बाटो बन्द भएको छ। साथै, सोही सडकखण्डकै सत्यवती गाउँपालिका–६, डहरे खोलामा आएको ठूलो पहिरोले पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यी अवरुद्व भएका चारवटा सडकखण्डमध्ये सबैभन्दा व्यस्त मदन भण्डारी सडक मार्गअन्तर्गत रिडी–तम्घास सडकखण्ड मानिन्छ ।


अहिले रुरु गाउँपालिका - ३ स्थित सल्लेरीमा सडक अवरुद्व भएपनि वैकल्पिक सडकमार्फत सवारी चलिरहेको प्रहरी नायब उपरीक्षक सारुले बताए । उनले सबै सडक खुलाउनको लागि सरोकारवाला, स्थानीय सबैसँग समन्वय सहकार्य गरेपनि निरन्तर परेको वर्षा र जोखिमका कारण सडक खुलाउन कठिनाइ भएको बताए ।

चारवटा सडकखण्ड अवरुद्धसडक अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरू दैनिक आवतजावतमा समस्यामा परेका छन्। अहिले यी सडकमा साना तथा ठूला सवारी साधनसमेत चल्न सकेका छैनन्। नेपालीको महान पर्व वडा दशैं तथा दिपावली नजिकिएसँगै यात्रुहरुको पनि चाप बढ्न थालेको छ ।

सडक खुलाउने प्रयास सुरु भएपनि अविरल वर्षाले कार्यमा कठिनाइ थपिरहेको प्रहरीको भनाइ छ। यसैबीच, गुल्मीसहित आसपासका क्षेत्रमा वर्षा रोकिएको छैन, जसले थप पहिरो खस्ने र जोखिम बढ्ने आशंका स्थानीयवासीले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ ...
: सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल बुधबार सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्। मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए। मन्त्री घिसिङले सर्वोच्च ...
: जेनजी पुस्ता समूहको आन्दोलनमा अराजक समूह प्रवेश गरी हिंसात्मक प्रदर्शन गर्दै प्रहरी कार्यालयहरूलाई पहिलो निशाना बनाएको थियो। अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण झापा जिल्लामा २३ वटा प्रहरी कार्यालयमा क्षति भएको छ। ११ वटामा पूर्ण र १२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए। जिल्लामा ७३ ...
: संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भएपनि संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन्। निरीक्षणपछि ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा ...
: राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन्। ...