मुख्य समाचार
ध्वस्त भएको माओवादी हेडक्वाटर हेर्दै प्रचण्डले भने - अब भव्य कार्यालय बनाउँछौ
ध्वस्त भएको माओवादी हेडक्वाटर हेर्दै प्रचण्डले भने - अब भव्य कार्यालय बनाउँछौ

: जेनजी आन्दोलनपछि सैनिक ब्यारेकमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ पेरिसडाँडा पुगेका छन्। आज आगजनीबाट ध्वस्त भएको पेरिसडाँडास्थित माओवादी केन्द्रको हेडक्वाटर अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन्।



भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनमा सरकार र निजी घरसमेत तोडफोड भएका थिए। जेनजीको प्रदर्शनका क्रममा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरु र घर निशानामा परेर आन्दोलन उग्र हुँदै गएपछि सेनाले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई उद्धार गरेर सुरक्षा दिएको थियो।


अहिले नयाँ सरकार गठन भएर स्थिति सामान्य हुन थालेपछि प्रचण्ड पार्टी कार्यालयमा फर्किएका हुन्।

उनले पार्टी कार्यालय अवलोकनपश्चात प्रचण्डले चाँडै नयाँ कार्यालय भवन भव्य बनाइने उद्घोष गरे। उनले भने, ‘क्षति त पुर्‍याइयो, पुग्यो तर, देशभित्र र बाहिरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ।’ पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगिएको बताउँदै प्रचण्डले सामग्री बचाउन भूमिका खेल्ने कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए।

पार्टी कार्यालयमा उपाध्यक्ष अग्नि सापकोटा लगायतका नेताहरु पनि पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ ...
: सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल बुधबार सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्। मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए। मन्त्री घिसिङले सर्वोच्च ...
: जेनजी पुस्ता समूहको आन्दोलनमा अराजक समूह प्रवेश गरी हिंसात्मक प्रदर्शन गर्दै प्रहरी कार्यालयहरूलाई पहिलो निशाना बनाएको थियो। अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण झापा जिल्लामा २३ वटा प्रहरी कार्यालयमा क्षति भएको छ। ११ वटामा पूर्ण र १२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए। जिल्लामा ७३ ...
: संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भएपनि संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन्। निरीक्षणपछि ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा ...
: राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन्। ...