मुख्य समाचार
इटहरी उपमहानगरपालिका कार्यालयमा लगाइएको आगो र तोडफोडका घटनाबाट पूर्णरूपमा क्षति पुगेको कार्यालयले अब दैनिक सेवा सुचारु गर्ने तयारी
इटहरी उपमहानगरपालिका कार्यालयमा लगाइएको आगो र तोडफोडका घटनाबाट पूर्णरूपमा क्षति पुगेको कार्यालयले अब दैनिक सेवा सुचारु गर्ने तयारी

: जेनजी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिका कार्यालयमा लगाइएको आगो र तोडफोडका घटनाबाट पूर्णरूपमा क्षति पुगेको कार्यालयले अब दैनिक सेवा सुचारु गर्ने तयारी गरेको छ।

मंगलबार उपमहानगरको कार्यपालिका बैठकले भदौ २४ गतेको आगलागीमा ध्वस्त बनेको कार्यालय प्राङ्गणमै बसेर असोज ४ गतेदेखि सेवा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले जानकारी दिए।

उनले कार्यालय सञ्चालनमा चाहिने सामग्रीहरू वडा र शाखा–महाशाखाहरूले तत्काल तयार गरेर प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउन निर्देशन दिइएको बताए। त्यसपछि क्षति नभएका आधारभूत स्वास्थ्य चौकी र आवश्यक कागजी कामका आधारमा सेवा सुचारु गरिने तयारी भइरहेको भट्टराई बताए।


आगलागी र तोडफोडबाट करिब ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा कार्यालयका महत्त्वपूर्ण कागजात, कम्प्युटर, ल्यापटप, बारुणयन्त्र, जेसीभी, ट्याक्टर र स्कार्पियोसहितका सवारी साधनमा क्षति पुगेको छ।

कार्यालय जलेर खरानी भएपछि कर्मचारीमा त्रास फैलिएको छ। धेरै कर्मचारीहरू अझै पनि मानसिक रूपमा काम गर्न तयार छैनन्। कर्मचारीले काम गर्ने वातावरण सुरक्षित र शान्तिपूर्ण बनाउन माग गर्दै आएका छन्। उनीहरूले घटना दोहोरिन नदिन थप सुरक्षा व्यवस्था मिलाउन, सीसीटीभी जडान गर्न र कार्यालय परिसरलाई सुरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्।

नगरवासी र व्यापारीहरूले पनि कार्यालयमा भएको विनाशप्रति आक्रोश प्रकट गर्दै दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कारबाही गर्न दबाब दिएका छन्। स्थानीयवासीले भने, ‘करोडौंको सम्पत्ति जलेर खरानी हुँदा पनि दोषी खुलेआम हिँड्न दिनु अपराधलाई संरक्षण गर्नु हो।’

मेयर हेमकर्ण पौडेलले नगरवासीलाई ढुक्क रहन आग्रह गर्दै भने, ‘हामी असोज ४ गतेदेखि दैनिक सेवा सुचारु गरेर नागरिकलाई पायक पर्ने व्यवस्था मिलाउनेछौँ। दोषी पहिचान गर्न प्रहरीलाई सहयोग भइरहेको छ र कसैले पनि उन्मुक्ति पाउने छैन उनले भने।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ ...
: सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल बुधबार सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्। मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए। मन्त्री घिसिङले सर्वोच्च ...
: जेनजी पुस्ता समूहको आन्दोलनमा अराजक समूह प्रवेश गरी हिंसात्मक प्रदर्शन गर्दै प्रहरी कार्यालयहरूलाई पहिलो निशाना बनाएको थियो। अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण झापा जिल्लामा २३ वटा प्रहरी कार्यालयमा क्षति भएको छ। ११ वटामा पूर्ण र १२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए। जिल्लामा ७३ ...
: संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भएपनि संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन्। निरीक्षणपछि ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा ...
: राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन्। ...