मुख्य समाचार
महानगरपालिकाले जेनजीको आन्दोलनमा सुरक्षाका कारण सिंहदरबारलगायत आगलागी भएको स्थानमा दमकल लान नसकिएको जनाएको छ
महानगरपालिकाले जेनजीको आन्दोलनमा सुरक्षाका कारण सिंहदरबारलगायत आगलागी भएको स्थानमा दमकल लान नसकिएको जनाएको छ

: काठमाडौं महानगरपालिकाले जेनजीको आन्दोलनमा सुरक्षाका कारण सिंहदरबारलगायत आगलागी भएको स्थानमा दमकल लान नसकिएको जनाएको छ। काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले आज पत्रकार सम्मेलन गर्दै दमकललाई स्कटिङ गरेर लैजान खोज्दा पनि आगलागि भएको स्थानमा लैजान नसकिएको बताएका हुन्।
सिंहदरबार, अदालत साझा सम्पत्ति जलिरहँदा पनि काठमाडौं महानगरले दमकल नपठाएको भन्ने कुरा गलत रहेको उनको दाबी छ।

‘दमकल जान सक्ने अवस्थामा, दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ। हामीले विभिन्न व्यक्तिहरू, विभिन्न कम्पनीहरूबाट बालाजु एरियाबाट, स्वयम्भू एरियाबाट हामीले आफ्नो व्यक्तिगत एप्रोचका आधारमा, महानगरको एप्रोचका आधारमा पानी तत्काल होस्, दमकलमा पानी सकिएपछि त्यही ठाउँमा पानी ट्यांकर पुर्‍याउन हामीले अनुरोध गरेर सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा लिएर आएर तत्काल पानी फिलिङ गर्ने अवस्था पनि गर्‍यौँ।’ उनले भने,‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो। सेनासँग पनि समन्वय भइरहेको थियो।’

उनले भदौ २५ गतेबाट महानगर सरसफाईमा जुटेको बताए। आन्दोलनपश्चात उनले ३७४ टिपर फोहोर संकलन गरेको जानकारी गराए। उनले सरसफाईको क्रममा भेटिएका हतियार सुरक्षाकर्मीलाई बुझाएको बताए। पाण्डेले माथिबाट निर्देशन र निर्णय भएका कुरा मात्र आफूहरुले पालना गरेर जाने बताए।

जेन्जी आन्दोलनका कारण राष्ट्रपति कार्यालय शितल निवास, उपराष्ट्रपति कार्यालय, सिंहदरबार, न्यायालय, संसद भवन लगायतका सरकारी तथा निजी घर जलेर नष्ट भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् ...
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...