मुख्य समाचार
जलेश्वर कारागारमा २ सय १० कैदीबन्दी फर्किए
जलेश्वर कारागारमा २ सय १० कैदीबन्दी फर्किए

— जेन-जी समूहको आन्दोलनको मौका छोपी महोत्तरीको जलेश्वर कारागारबाट फरार २ सय १० कैदीबन्दी कारागार फर्किएका छन् । आन्दोलनको समयमा कारागारबाट ५ सय ७५ कैदीबन्दी फरार भएका थिए ।



जलेश्वर कारागार प्रशासन र कारागारका नाइकेहरूले हरेक फरार कैदीबन्दीका परिवार र आफन्तलाई फोन गरेर सम्झाउँदै तिनीहरूलाई कारागार फर्काउने काममा लागेका कारागार प्रमुख अशोक क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार अहिले दैनिक ४/५ जना कैदीबन्दी कारागार फर्किरहेका छन् ।

महोत्तरीको बोर्डर क्षेत्रबाट भारतीय प्रहरीको सहायतामा पक्राउ परेका १२, धनुषा प्रहरीले पक्राउ गरेका ५ र स्वेच्छाले फर्किएका अन्य कैदीबन्दी गरी २ सय १० जना कारागार फर्किएका कारागार प्रशासनले जनाएको छ ।

जम्मा ५ सय ७६ कैदीबन्दी रहेका जलेश्वर कारागारबाट १ कैदी भाग्न मानेका थिएनन् ।

अन्य बाँकी फरार कैदीबन्दी पनि कारागार फर्काउन कारागार प्रशासनले पहल गरिरहेको प्रमुख क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् ...
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...