मुख्य समाचार
वीरगन्ज भन्सार कार्यालयले गत भदौ महिनामा लक्ष्यको ९४ प्रतिशत मात्रै राजस्व संकलन
वीरगन्ज भन्सार कार्यालयले गत भदौ महिनामा लक्ष्यको ९४ प्रतिशत मात्रै राजस्व संकलन

: वीरगन्ज भन्सार कार्यालयले गत भदौ महिनामा लक्ष्यको ९४ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ। अन्तिम सातामा जेनजी आन्दोलनका कारण भन्सार कार्यालयका कामकाज प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयले राजस्वको लक्ष्य पुरा गर्न नसकेको हो।



वीरगन्ज भन्सार कार्यालयले गत भदौ महिनामा लक्ष्यको ९४ प्रतिशत मात्रै अर्थात २० अर्ब ५२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। भन्सार विभागले गत भदौ महिनाका लागि २२ अर्ब ५ करोडको लक्ष्य दिएकोमा लक्ष्य भन्दा ६ प्रतिशत कम अर्थात १ अर्ब ५३ करोड कम राजस्व संकलन भएको उनले बताए।



भदौ अन्तिम साता जेनजी आन्दोलनका कारण वीरगन्जमा लगाइएको कर्फ्यु, निषेधाज्ञा लगायतका कारणले भन्सार कार्यालयको नियमित कामकाज प्रभावित भएकाले मासिक राजस्व असुलीको लक्ष्य पुरा गर्न नसकिएको ज्ञवालीले बताए। उनले भने, ‘जेनजी आन्दोलन र प्रदर्शनका कारणले भदौ २४ र २५ गते दुई दिन त भन्सार कार्यालय बन्द भयो। त्यसपछिका दुई दिन पनि कार्यालयको काम आंशिक रूपमा प्रभावित हुन पुग्यो। यी कारणले राजस्व असुलीको लक्ष्य भेट्याउन सकिएन।


यसअघि गत साउन महिनामा पनि वीरगन्ज भन्सार कार्यालयले राजस्व असुलीको लक्ष्य पुरा गर्न सकेको थिएन। भन्सार विभागले गत साउनमा २० अर्ब ९८ करोडको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ८८ प्रतिशत मात्रै अर्थात १८ अर्ब ४३ करोड मात्रै राजस्व संकलन गर्न सकेको थियो।

अन्तर्राष्ट्रिय कारोबारका प्रमुख नाकामा रहेका वीरगन्ज भन्सार कार्यालयले विगत केही वर्ष यतादेखि राजस्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन। गत आर्थिक वर्ष २०८१/८२ मा पनि लक्ष्यको ८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् ...
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...