मुख्य समाचार
डेढ महिनायता अवरुद्ध सल्यानको कालिमाटी–बालुवा–दम्दवाली सडक अझै खुल्न सकेको छैन
डेढ महिनायता अवरुद्ध सल्यानको कालिमाटी–बालुवा–दम्दवाली सडक अझै खुल्न सकेको छैन

— डेढ महिनायता अवरुद्ध सल्यानको कालिमाटी–बालुवा–दम्दवाली सडक अझै खुल्न सकेको छैन ।


गत साउन १२ गते र त्यसपछि लगातार परेको वर्षाका कारण ठाउँठाँउमा खसेको पहिरो सम्बन्धित निकायले समयमै हटाउन नसक्दा सडक खुल्न नसकेको हो । जसको ठूलो असर कालिमाटी गाउँपालिका-५ दम्दवाली र हात्तीदमारका स्थानीयलाई परेको छ । दुई बस्तीका स्थानीय कार्यालयको कामकाजदेखि व्यापार व्यवसाय र स्वास्थ्योपचारका लागि झन्डै तीन घण्टा हिँडेर गाडी चढ्न बालुवा आउन बाध्य भएका छन् ।


दम्दवालीका स्थानीय तथा शिक्षक सुरेश गाहा मगरले पहिरो हटाउन सम्बन्धित निकायमा माग राख्दै आए पनि कुनै सुनुवाइ नभएको बताए । उनका अनुसार बालुवादेखि दम्दवालीसम्म धेरै स्थानमा पहिरो खसेको छ । सडकमै ठूला ढुंगा थुप्रिएका छन् । खोला बढेकाले हिँडेर आउजाउ गर्न समेत गाह्रो छ । सडक अवरुद्ध भएकै कारण स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री हुन सकेको छैन ।

सडक अवरुद्ध भएको र लामो समय हिँड्दा गाह्रो हुने भएकाले आफ्नै उपचारका लागि अस्पतालसम्म जान नपाएको हात्तीदमारकी प्रमिला सुनारले बताइन् । दैनिकजसो वर्षा भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना नदेखिएको उनको भनाइ छ । ‘गाउँमा स्वास्थ्यसंस्था भए पनि स्थानीय एक गर्भवती महिलालाई साताअघि मात्र अस्पताल लैजानका लागि गाडी चल्ने स्थान बालुवासम्म स्ट्रेचरमा पुर्‍याउन धेरै गाह्रो भएको थियो,’ उनले भनिन् । समयमै पहिरो पन्छाउने काम नभए नजिकिँदै गरेको दसैं-तिहार पर्व मनाउन घर फर्कनेलाई धेरै गाह्रो हुने उनको भनाइ छ ।

कालिमाटी-५ का वडाध्यक्ष टोपबहादुर कार्कीले साउन १२ देखि लगातार परेको पानीले बालुवादेखि दम्दवालीसम्म २० भन्दा बढी स्थानमा पहिरो खसेको र बेलाबेलामा वर्षा भइरहेकाले अहिलेसम्म हटाउन नसकिएको बताए । पहिरोले सडक अवरुद्ध भएका कारण वडावासीले विभिन्न किसिमका समस्या भोग्दै आएका उनले जानकारी गराए । नजिकिँदै गरेको पर्वलाई लक्षित गरेर वर्षा रोकिनेबित्तिकै पालिकाको सहयोगमा डोजर लगाएर पहिरो हटाउने तयारी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् ...
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...