मुख्य समाचार
सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर जेन-जी र विदेशमा रहेका नेपालीलाई समेट्ने निर्णय
सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर जेन-जी र विदेशमा रहेका नेपालीलाई समेट्ने निर्णय

— सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर जेन-जी र विदेशमा रहेका नेपालीलाई समेट्ने निर्णय गरेको छ ।


गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली संकलन गर्ने कानुन बाधा भएको र सर्वोच्च अदालतको फैसलाअनुसार विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गर्न अध्यादेश ल्याउने बताए । गृहमन्त्री अर्यालले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँग छलफल गरेका थिए । सरकारले एकदुई दिनमै यस्तो अध्यादेश ल्याउने अर्यालले बताए ।
१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम समावेश नभएका जेन-जीहरूको मागबमोजिम उनीहरूको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुन संशोधन आवश्यक रहेको निष्कर्ष आजको छलफलपछि निकालेको मन्त्री अर्यालको भनाइ छ ।

'जेन-जीहरूको विन्द्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको छ,' गृहमन्त्री अर्यालले भने, 'उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न सकिन्नँ ।'

विद्यमान कानुनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता थप्न नमिल्ने भनेको छ । आयोगले यो कुरा गृहमन्त्री अर्याललाई जानकारी गराएको थियो । त्यसपछि आफूले कानुन संशोधनका लागि प्रस्ताव ल्याउन भनेको र गृहमार्फत अध्यादेश जारी हुने उनले बताए ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिलेको विषम परिस्थितिमा निर्वाचनको अवस्था आएकाले परिवर्तनको मागबमोजिम आवश्यक कानुन संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोग बाधक नबन्ने बताएका थिए । आयोगको निमित्तको भरमा रहेको र एक सदस्य पनि रिक्त रहेको कुरा गृहमन्त्रीलाई आयोगका पदाधिकारीले जानकारी गराएका थिए । उनीहरुको जिज्ञासापछि गृहमन्त्री अर्यालले आयोगमा केही पदाधिकारी रिक्त रहेकामा सरकार जानकार रहेको भन्दै केही निकास निकालिने बताए ।

सर्वोच्चले विगतमै विदेशमा रहेका नेपालीलाई सोही देशको दूतावासमार्फत मताधिकार दिन भनेको थियो । तर निर्वाचन कानुन संशोधन चलिरहेको भन्दै रोकिएको थियो । यसअघि निर्वाचन आयोगले कानुन मस्यौदा गरेर पठाएको थियो । तर उक्त मस्यौदा सरकारले लामो समय छलफलका लागि भन्दै रोकेको थियो ।

तत्कालीन समस्या र तयारीका लागि लाग्ने समयका विषयमा छलफल भएको र आयोगसँग निरन्तर छलफल हुने गृहमन्त्री अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् ...
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...