मुख्य समाचार
युवालाई निर्वाचनमा सहभागी गराउन कानुन संशोधन हुन्छ : गृहमन्त्री
युवालाई निर्वाचनमा सहभागी गराउन कानुन संशोधन हुन्छ : गृहमन्त्री

: सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ।

बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन कानुन संशोधन गरेर युवाहरूलाई पनि मतदानको अवसर दिने गरी मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल गरेका हुन्।

गृहमन्त्री अर्यालले निर्वाचनसम्बन्धी कानुनमा देखिएका व्यवधानलाई अध्यादेशबाट संशोधन गरेर सबैलाई मतदानको अवसर प्रदान गर्न खोजिएको बताए। उमेर पुगेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका युवाहरूलाई मतदानको अवसर दिन मतदाता नामावली अद्यावधिक गर्ने उनले बताए।


त्यस्तै विदेशमा रहेका नेपाल नागरिकलाई समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न पाउने गरी आयोगसँगको समन्वयमा कानुन बनाउने सहमति भएको उनले बताए। त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्यमान कानुनबाट नयाँ मतदाता नामावली संकलन गर्न सक्ने अवस्था नरहेकाले कानुनमा बाधा व्यवधान हटाउन सके अद्यावधिक गर्न सकिने बताए। उनले सरकारले तोकेको समयमा निर्वाचन गर्न आयोग सक्षम र तयार रहेको बताए।

सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तय गरेको छ। निर्वाचनको मिति घोषणा भए पनि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् ...
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...