मुख्य समाचार
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन

— सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् ।


कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्को तर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।


सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि इजलास बस्ने निर्णय गरेसँगै आजदेखि सञ्चालन गरिएको हो । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र कुमार रेग्मीको इजलासमा दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भयो ।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भइ भौतिक संरचना जलेपछि इजलास राख्ने ठाउँसम्म नहुँदा पालमुनि इजलास सुरु गरिएको हो । 'आगजनीले इजलास सञ्चालन गर्ने स्थान छैन,' सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, 'सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरणको मुद्दामा सनुवाइ अगाडि बढाउने निर्णयअनुसार आजदेखि पालमुनिबाटै इजलास सुरु गरिएको हो ।'

गत भदौ ३१ गते दुई वटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको थियो । सो निवेदनमाथि सुनुवाइ प्रारम्भ गरिएको हो । 'सूचना प्रविधिको उपकरण, सवारीसाधन ठूलो मात्रामा क्षति भएको छ, क्षतिको तथ्याङक सङ्कलन भइरहेको छ' उनले भने, 'सर्वोच्च, विशेष र जिल्ला गरी २३ अदालत भवनमा क्षति भएका छन्, केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ ।'

अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल पनि पूर्णरूपमै नष्ट भएका छन् । आंशिक क्षति भएका अदालतमा केही मुद्दाका मिसिल बाँकी छन् ।

प्रवक्ता कोइरालाले भने, 'पूर्णरूपमा नष्ट भएका मिसिलको हकमा सर्वोच्च अदालतको पूर्ण बैठकले निर्देशिका बनाउने निर्णय गरेको छ, त्यो बन्ने क्रममा छ, सोहीअनुसार कुन पक्षबाट मिसिल लिने भनेर निर्णय गर्नेछ ।' सर्वोच्च अदालतमा चालु अवस्थामा करिब २६ हजार मुद्दा थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् ...
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...