मुख्य समाचार
नेपाली संघ (एनआरएनए) इजरायलको आयोजनामा जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा तेलअविवमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
नेपाली संघ (एनआरएनए) इजरायलको आयोजनामा जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा तेलअविवमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

: गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलको आयोजनामा जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा तेलअविवमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इजरायलमा रहेका नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।



दीप प्रज्वलनसँगै आन्दोलनमा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरिनुका साथै नेपालले अब निकास खोज्नुपर्ने र शान्ति कायम गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो। कार्यक्रममा एनआरएनए इजरायलका पदाधिकारी, स्थानीय नेपाली प्रतिनिधि तथा समुदायका अगुवाहरू सहभागी थिए।



यसअघि नेपाल सरकारले असोज १ गते जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकको सम्झनामा राष्ट्रिय शोकको रूपमा सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानलाई सम्मान गर्दै उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार एक पत्र लेख्दै सो आग्रह ...
— उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको सम्बन्ध भ्रष्टाचारमा मुछिएका नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग समेत भएको देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा भक्तपुरको नलिन्चोकमा हेलीप्याड निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा चलेका अधिकारीको सम्पर्क पाठकसँग रहेको देखिएको हो । जिल्ला प्रहरी ...
: कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी ...
। मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । युएईका महान्यायाधिवक्ता हमाद ...
। मध्यपूर्वमा जारी तनावबीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेको छ । दोहास्थित नेपाल दूतावासले शनिबार एक विशेष अनुरोध जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिन भनेको हो । दूतावासको सूचना अनुसार, साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने कतार आइडी भएका नेपालीले आवेदन दिन सक्नेछन् । थन ...