मुख्य समाचार
हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कँदा स्थानीयले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तोडफोड
हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कँदा स्थानीयले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तोडफोड

: हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कँदा स्थानीयले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तोडफोड गरेका छन्।

जेनजी आन्दोलनका क्रममा स्थानीयले सेयरको विषयलाई लिएर माथिल्लो भोटेकोशी पावर कम्पनी बन्द गरेका थिए। १० दिनदेखि बन्द पावरहाउस खुलाएर विद्युत् उत्पादन नियमित गर्न कम्पनीले पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र जनप्रतिनिधिसँग छलफल गरेको थियो।

आन्दोलनरत स्थानीयसँग कुनै छलफल नगरी जनप्रतिनिधिसँग कम्पनीले बैठक गरेको थाहा पाएपछि स्थानीय पालिका भवनमा जम्मा भएर विरोध जनाएका थिए। विवाद चर्किँदै जाँदा आक्रोशित स्थानीयले पालिकामा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन्। स्थानीयले ‘पालिका अध्यक्ष राजिनामा दे, गुण्डा पाल्ने पालिका चाहिँदैन’ जस्ता नाराजुलुस समेत गरेका थिए।

बैठक छोडेर जनप्रतिनिधि र हाइड्रोपावरका प्रतिनिधि भागेका छन्। धकेलाधकेल हुँदा प्रहरी र स्थानीयगरी एकदर्जन बढी घाइतेसमेत भएका छन्। स्थानीयले पासाङ शेर्पाले भने, ‘हामीले पालिकाले गरेको दादागिरीबारे शान्तिपूर्ण आन्दोलन गरेका थियौं, तर पालिका अध्यक्षले हामीलाई गुण्डा र प्रहरी प्रयोग गरी हामीमाथि दमन गर्‍यो।’ उनले हाईड्रोपावरले १० प्रतिशत सेयर दिनुपर्ने र पालिका अध्यक्षले राजीनामा नदिई आन्दोलन नरोक्ने बताए।

४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीले विद्युत उत्पादन गरेको दुई दशक हुँदा पनि स्थानीयलाई सेयर दिएको छैन। सेयरको विषयलाई लिएर भोटेकोशीमा तनाव हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले राजनीतिक दलको कार्यालय र नेताहरुको निजी निवासमा भएको आगजनीप्रति गम्भीर आपत्ति जनाएका छन्। देउवाको सचिवालयले विज्ञप्ति जारी गरेर आपराधिक क्रियकलापमा संलग्नलाई कारबाही गर्न माग गरेको छ। 'जेनजीको आन्दोलनलाई धमिलो बनाई आ-आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनीतिक दलको कार्यालय र ...
: सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन्। संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, संघर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन्। यस अवसरमा सभापति देउवाले आफ्नो जीवन ...
: उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले देशको लागि अझै धेरै बिजुली आवश्यक रहेको बताएकोले उत्पादन रोक्न नहुने बताएका हुन्। ‘देशका लागि अझै धेरै बिजुली चाहिएको ...