मुख्य समाचार
नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने
नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ।

राष्ट्रिय क्रिकेट टिमको विदाई गर्ने कार्यक्रममा बोल्दै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले एनपीएलको पहिलो खेलबापत उठेको टिकट रकम प्रधानमन्त्री रात कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्। ८ वटा एनपीएल टिम र नेपाल क्रिकेट सङ्घले सामूहिकरूपमा यो निर्णय गरेको उनले बताए।

विदाईका क्रममा नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेल सम्पूर्ण टिकट बिक्रीको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए। 'हामीले एनपीएलको पहिलो खेलको टिकट बापत उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय लिएका छौं,' सचिव खड्काले भने।


यससँगै दोस्रो सिजनको एनपीएल देशमा आगामी दिनमा कुनै विषम परिस्थिति नआएको खण्डमा समयमै हुने पनि उनले जानकारी गराए। 'आगामी दिनमा राज्यको अवस्थामा कुनै नराम्रो घटना, असर पर्ने क्रियाकलाप तथा अस्थिरता नआएको खण्डमा समयमै नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण गर्न हामी प्रतिबद्ध छौं,' उनले भने।

विदाई कार्यक्रमसँगै नेपाल क्रिकेट संघले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...