मुख्य समाचार
नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने
नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ।

राष्ट्रिय क्रिकेट टिमको विदाई गर्ने कार्यक्रममा बोल्दै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले एनपीएलको पहिलो खेलबापत उठेको टिकट रकम प्रधानमन्त्री रात कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्। ८ वटा एनपीएल टिम र नेपाल क्रिकेट सङ्घले सामूहिकरूपमा यो निर्णय गरेको उनले बताए।

विदाईका क्रममा नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेल सम्पूर्ण टिकट बिक्रीको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए। 'हामीले एनपीएलको पहिलो खेलको टिकट बापत उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय लिएका छौं,' सचिव खड्काले भने।


यससँगै दोस्रो सिजनको एनपीएल देशमा आगामी दिनमा कुनै विषम परिस्थिति नआएको खण्डमा समयमै हुने पनि उनले जानकारी गराए। 'आगामी दिनमा राज्यको अवस्थामा कुनै नराम्रो घटना, असर पर्ने क्रियाकलाप तथा अस्थिरता नआएको खण्डमा समयमै नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण गर्न हामी प्रतिबद्ध छौं,' उनले भने।

विदाई कार्यक्रमसँगै नेपाल क्रिकेट संघले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम