मुख्य समाचार
नेपाल बंगलादेशसँग ४–० ले पराजित
नेपाल बंगलादेशसँग ४–० ले पराजित

: साफ यू-१७ च्याम्पियनसिपमा समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएको हो।

खेलको ३० औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्‍यो। मोहम्मद अपू रहमानले हानेको कर्नरमा गोलकिपरले डिफ्लेक्ट गरेको बल मोहम्मद सबिर इस्लामले गोलमा परिणत गरे। पहिलो हाफमा एक १-०ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोर्यो।

खेलको ४९ औं मिनेटमा अपू रहमानले डिफेन्डर र गोलकिपरलाई बिट गर्दै पेनाल्टी बक्सको दायाँ तर्फबाट गोल गरे। खेलको ५० औं मिनेटमा मोहम्मद आरिफले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट फिनिस गरे। खेलको ६६ औं मिनेटमा बंगलादेशको लागि चौथो गोल भयो। बंगलादेशका लागि मोहम्मद मानिकले चौथो गोल गरे।


नेपालले समूह चरणको पहिलो खेलमा घरेलु टोली श्रीलंका विरुद्ध २-० को दर्ता गरेको थियो। नेपालले सेमिफाइनलमा स्थान बनाउन बंगलादेशले श्रीलंकालाई पराजित गर्नुपर्ने हुन्छ। यदि श्रीलंकाले बंगलादेशलाई हराएको खण्डमा भने नेपाल समूह चरणबाट बाहिरिन्छ।

समूह ए को अन्तिम खेलका रूपमा घरेलु टिम श्रीलंकाले बंगलादेशसँग खेल्नेछ। यस च्याम्पियनसिपमा सार्क राष्ट्रहरूको सातवटा देशले प्रतिस्पर्धा गरेका छन्। समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा भारत, भुटान, पाकिस्तान र माल्दिभ्स रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम