मुख्य समाचार
मुग्लिन नजिक तुइन खोलामा हप्ता दिनयता दिन-दिनै पहिरो
मुग्लिन नजिक तुइन खोलामा हप्ता दिनयता दिन-दिनै पहिरो

— नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलामा हप्ता दिनयता दिन-दिनै पहिरो खसेर बाटो थुनिने गरेको छ । ठूलो पहिरो नआए पनि माथिबाट सडकमा खस्ने ढुंगाले झनै जोखिम बढाएको छ ।


बिहीबार राति खसेको पहिरोले शुक्रबार बिहानसम्म बाटो एकतर्फी मात्रै सञ्चालनमा छ । पहिर‍ोमा आएको ढुंगाले लागेर एउटा यात्रु बसमा सामान्य क्षति भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालले बिहिबार राति १० बजेर ५५ मिनेट जाँदा तुइन खोलामा पहिरो खसेको जानकारी दिए । प्रहरी र यात्रुले नै ढुंगा हटाएर एक घण्टापछि एक तर्फी बाटो खुलाएको उनले बताए ।

शुक्रबार बिहानै सडक कार्यालयले दुई तर्फी नै बाटो खुलाउन पहिरो सफा गर्न सुरू गरेको थियो । बिहान सवा सात बजेबाट बल्ल सडक दुई तर्फी भयो । रातको समयका त्यस ठाउँमा काम गर्न जोखिम रहेको सडक कार्यालयका अधिकारीहरूले बताउँदै आएका छन् ।

बिहिबार रााति सो ठाउँमा काठमाडौंबाट नारायणगढ तर्फ आइरहेको ना ६ ख १५२२ नम्बरको यात्रु बसको अगाडीको शिसामा ढुंगाले लागेको थियो । शिसा फुटे पनि अन्य कुनै खाले क्षति नभएको र बस आफ्नो गन्तव तर्फ लागेको डिएसपी खनालले बताए । यस्ता घटनाले सो सडक हुँदै गरिने यात्रा जोखिमयुक्त बनेको देखाउँ छ ।

भरतपुरको डिभिजन सडक कार्यालयले यात्रा गर्दा सचेत र सजग रहन अपिल गर्दै आएको छ । खास गरेर पानी परेको समयमा पहिरो आउने गरेको छ । डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले भदौ २६ गते बिहिबारदेखि दिन दिनै जसो पहिरो खस्ने गरेको बताए ।

"ठूलो पहिरो पनि आउँदैन । तर ढुंगासहित खस्छ । रातमा खसे काम गर्न जोखिम हुन्छ । पहिरोका कारणले बाटो दुई तर्फी नै त्यस्ताे लामो समय बन्द भएको छैन । बढीमा लगातार दुई घण्टासम्म दुई तर्फी बन्द भयो होला । सेप्टेम्बर ११ गतेयता पहिरो भने दिन दिनै खसेको छ," इन्जिनियर घिमिरेले भने ।

पहिरो सफा गर्न मेशिनहरू तयारी अवस्थामा राखेको उनले बताए । दुईवटा लोडर र ठूलो पहिरो आए हटाउनका लागि भनेर एउटा एक्साभेटर त्यही क्षेत्रमा राखेको उनले बताए । नारायणगढ मुग्लिन सडकलाई दुई लेनको फराकिलो सडक बनाउन १० वर्षअघि ठाउँ ठाउँमा पहाड काट्नु परेको थियो ।

सडक विस्तारको काम सकिए पनि पहाड काटेको ठनउँमा पहिरोको पिरलो सुरू भएको थियो । जुन समस्या अहिले केही साम्य भएको छ । तर सडक बराबरका फराकिला पुल बनाउन फेरि पहाडको भित्तो काटेको ठाउँमा पनि पहिरो झरेर दुख दिइरहेको छ ।

मुग्लिन बजारदेखि साढे दुई किलो मिटर पर नारायणगढ तर्फ रहेको तुइन खोलामा पनि पुल बनाउँदा पहाड ताछेपछि विगत तीन वर्षयता हरेक बर्खायाममा पहिरो खसेर पटक पटक बाटो बन्द हुने गरेको छ । सडकमाथिकाे पहाडी थुम्कामा बाट‍मा खस्ने जोखिम भएका साना ठुला ढुङ्गा र गेग्रानका खात लागेको छ । सडक डिभिजनले गएको असार १२ गते दिउँसो सडक बन्द गरेर नै त्यस्ता ढुङ्गा र गेग्रान सफा गरेको थियो । तर सवै सफा गर्न गाह्रो भएको थियो ।

संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने महत्वपुर्ण मार्ग भएका कारणले यो सडक हुँदै दिनहुँ १० हजारभन्दा बढी साना ठुला गाडी र प्रशस्त मालवाहक ट्रक गुड्ने गर्दछन । बर्खायाममा पहिरोले सडक थुनिँदा हजारौं यात्रुहरूले सास्ती पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए। ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए। ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्। मन्त्री घिसिङले बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस ...
: अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन्। संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने स्पष्ट धारणा राखिन्। प्रधानमन्त्री कार्कीले नेपालको वर्तमान संविधान नेपाली जनताले पटक-पटक जनआन्दोलन, संघर्ष, त्याग र ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ठूला भनिने दलहरूको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेहरूको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन्। प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति ...