मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध बोल्ने मिडियाको लाइसेन्स खोस्न सकिने बताएका छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध बोल्ने मिडियाको लाइसेन्स खोस्न सकिने बताएका छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध बोल्ने मिडियाको लाइसेन्स खोस्न सकिने बताएका छन्।

गत हप्ता लेट नाइट टेलिभिजनका प्रस्तोता जिमी किमलले प्रस्तुत गरेको भिडियो सामाग्री पश्चात् अमेरिकन प्रसारण कम्पनी (एबीसी)ले अनिश्चित कालका लागि प्रसारणमा रोक लगाएको हो।

उनलाई एबीसीले लगाएको रोकमा राष्ट्रपति ट्रम्पले भने, ‘यो अमेरिकाको लागि राम्रो समाचार हो। किमलसँग कुनै क्षमता थिएन। उनी र उनको टेलिभिजनलाई अनिश्चित कालका लागि बन्द गर्नु राम्रो निर्णय हो। बधाई छ एबीसी । ’


उनले केही टेलिभिजनहरूको रेटिङ निकै कमजोर रहेको र उनीहरूको लाइसेन्स खारेज हुन सक्ने टिप्पणी गरेका हुन्।

किमलले गत हप्ता एक रूढिवादी तर प्रभावशाली व्यक्तित्वको रूपमा रहेका चार्ली किर्कको हत्याको समाचार प्रसारण गरेका थिए। यसमा प्रस्तोताले मारिएका व्यक्ति ट्रम्प निकट रहेको बताएका थिए।

सोही विषयमा एबीसीले टेलिभिजन प्रसारण अनिश्चित कालको लागि बन्द गरेको हो।

ट्रम्पले नियुक्त गरेका फेडेरल कम्युनिकेसन कमिसन(फसीसी)का अध्यक्षले दबाब दिएपछि एबीसीले उक्त निर्णय लिएको हो।

युकेको राजकीय भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने,‘चुनावको बेलामा पनि ९७ प्रतिशत मिडियाहरू मेरो विरुद्धमा रहेका थिए। तर पनि मैले जितेँ।’

उनले यसै सिलसिलामा भने, ‘उनीहरूले मेरो नकारात्मक प्रचारप्रसार मात्रै गरे। उनीहरूले लाइसेन्स पाइरहेका छन्। उनीहरूको लाइसेन्स सायद खोसिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । ...
— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्रीले नै सम्हाल्दै आएकी थिइन् । मंसिर २६ गते भण्डारीले ...
— संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय ...
: ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २७ वर्षीय चाङ वेनले ‘स्मोक बम’ प्रज्वलन गर्दै भीडभाड भएको क्षेत्रमा मानिसमाथि आक्रमण गरेका थिए। ताइवानका प्रधानमन्त्री चो ...
: अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित गरिएको छ। अमेरिकामा स्थायी बसोबासका लागि डाइभरसिटी भिसामार्फत प्रत्येक वर्ष ठूलो संख्यामा आप्रवासन हुने गरेको थियो। नेपालबाट पनि डाइभरसिटी भिसा लोटरीमार्फत अमेरिका आएकाको संख्या अत्यधिक रहेको छ। यो लोटरी कार्यक्रममार्फत सपरिवार ग्रिनकार्डसहित अमेरिका आउन सकिन्थ्यो। डाइभरसिटी भिसा कार्यक्रमको विपक्षमा रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम