मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध बोल्ने मिडियाको लाइसेन्स खोस्न सकिने बताएका छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध बोल्ने मिडियाको लाइसेन्स खोस्न सकिने बताएका छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध बोल्ने मिडियाको लाइसेन्स खोस्न सकिने बताएका छन्।

गत हप्ता लेट नाइट टेलिभिजनका प्रस्तोता जिमी किमलले प्रस्तुत गरेको भिडियो सामाग्री पश्चात् अमेरिकन प्रसारण कम्पनी (एबीसी)ले अनिश्चित कालका लागि प्रसारणमा रोक लगाएको हो।

उनलाई एबीसीले लगाएको रोकमा राष्ट्रपति ट्रम्पले भने, ‘यो अमेरिकाको लागि राम्रो समाचार हो। किमलसँग कुनै क्षमता थिएन। उनी र उनको टेलिभिजनलाई अनिश्चित कालका लागि बन्द गर्नु राम्रो निर्णय हो। बधाई छ एबीसी । ’


उनले केही टेलिभिजनहरूको रेटिङ निकै कमजोर रहेको र उनीहरूको लाइसेन्स खारेज हुन सक्ने टिप्पणी गरेका हुन्।

किमलले गत हप्ता एक रूढिवादी तर प्रभावशाली व्यक्तित्वको रूपमा रहेका चार्ली किर्कको हत्याको समाचार प्रसारण गरेका थिए। यसमा प्रस्तोताले मारिएका व्यक्ति ट्रम्प निकट रहेको बताएका थिए।

सोही विषयमा एबीसीले टेलिभिजन प्रसारण अनिश्चित कालको लागि बन्द गरेको हो।

ट्रम्पले नियुक्त गरेका फेडेरल कम्युनिकेसन कमिसन(फसीसी)का अध्यक्षले दबाब दिएपछि एबीसीले उक्त निर्णय लिएको हो।

युकेको राजकीय भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भने,‘चुनावको बेलामा पनि ९७ प्रतिशत मिडियाहरू मेरो विरुद्धमा रहेका थिए। तर पनि मैले जितेँ।’

उनले यसै सिलसिलामा भने, ‘उनीहरूले मेरो नकारात्मक प्रचारप्रसार मात्रै गरे। उनीहरूले लाइसेन्स पाइरहेका छन्। उनीहरूको लाइसेन्स सायद खोसिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम