मुख्य समाचार
एसिया कप २०२५ को समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित
एसिया कप २०२५ को समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित

: एसिया कप २०२५ को समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ। अबुधाबीस्थित जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

भारतले दिएको १८९ रनको विजयी लक्ष्य पछाएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाउन सक्यो। ओमानका लागि ओपनर ब्याटर अमिर कलिमले सर्वाधिक ६४ रन बनाए । उनले ४६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर कप्तान जतिन्दर सिंहले ३२ रन बनाए हमाद मिर्जाले ५१ रन बनाउँदा जितेन रमानाण्डी १२ रनमा अविजित रहे।

भारतका लागि बलिङमा हार्दिक पाण्ड्या, अर्षदीप सिंह, हर्षित राना र कुलदिप यादवले समान १-१ विकेट लिए। यसअघि, ब्याटिङ गरेको भारतको लागि सन्जु सामसनले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा समान ३ चौका र ३छक्का प्रहार गरे। अक्षर पटेलले २६ र तिलक वर्माले २९ रन बनाउँदा हर्षित राना १३ रनमा अविजित रहे।


ओमानका लागि बलिङतर्फ शाह फैसल, जितेन रमानाण्डीले र अमिर कलिमले २-२ विकेट लिए। यो एसिया कप २०२५ को लिग चरणको अन्तिम खेल थियो। लिग चरणको खेल सकिएसँगै अब शीर्ष ४ को खेलहरू हुनेछन्।

शीर्ष ४ बीच राउन्ड रोबिनमा प्रतिस्पर्धा:

एसिया कप २०२५ को समूह चरणको खेल सकिँदा समूह एबाट भारत र पाकिस्तान, समूह बी बाट श्रीलङ्का र बङ्गलादेश शीर्ष ४ मा प्रवेश गरेका छन्।

अब यी टोलीहरूले राउन्ड रोबिनका आधारमा एकअर्कासँग खेल्नेछन्। सम्पूर्ण टोलीले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।

शीर्ष चारअन्तर्गतको पहिलो खेलमा समूह बीको विजेताको रुपमा रहेको श्रीलंका र उपविजेताको रुपमा रहेको बंगलादेशबीच हुनेछ।

आज सुपर फोरको पहिलो खेलको रुपमा बंगलादेश र श्रीलंकाले खेल्नेछन्। आइतबार समूह ए को विजेताको रूपमा रहेको भारत र उपविजेता पाकिस्तानले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम