मुख्य समाचार
एसिया कप २०२५ को समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित
एसिया कप २०२५ को समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित

: एसिया कप २०२५ को समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ। अबुधाबीस्थित जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

भारतले दिएको १८९ रनको विजयी लक्ष्य पछाएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाउन सक्यो। ओमानका लागि ओपनर ब्याटर अमिर कलिमले सर्वाधिक ६४ रन बनाए । उनले ४६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर कप्तान जतिन्दर सिंहले ३२ रन बनाए हमाद मिर्जाले ५१ रन बनाउँदा जितेन रमानाण्डी १२ रनमा अविजित रहे।

भारतका लागि बलिङमा हार्दिक पाण्ड्या, अर्षदीप सिंह, हर्षित राना र कुलदिप यादवले समान १-१ विकेट लिए। यसअघि, ब्याटिङ गरेको भारतको लागि सन्जु सामसनले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा समान ३ चौका र ३छक्का प्रहार गरे। अक्षर पटेलले २६ र तिलक वर्माले २९ रन बनाउँदा हर्षित राना १३ रनमा अविजित रहे।


ओमानका लागि बलिङतर्फ शाह फैसल, जितेन रमानाण्डीले र अमिर कलिमले २-२ विकेट लिए। यो एसिया कप २०२५ को लिग चरणको अन्तिम खेल थियो। लिग चरणको खेल सकिएसँगै अब शीर्ष ४ को खेलहरू हुनेछन्।

शीर्ष ४ बीच राउन्ड रोबिनमा प्रतिस्पर्धा:

एसिया कप २०२५ को समूह चरणको खेल सकिँदा समूह एबाट भारत र पाकिस्तान, समूह बी बाट श्रीलङ्का र बङ्गलादेश शीर्ष ४ मा प्रवेश गरेका छन्।

अब यी टोलीहरूले राउन्ड रोबिनका आधारमा एकअर्कासँग खेल्नेछन्। सम्पूर्ण टोलीले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।

शीर्ष चारअन्तर्गतको पहिलो खेलमा समूह बीको विजेताको रुपमा रहेको श्रीलंका र उपविजेताको रुपमा रहेको बंगलादेशबीच हुनेछ।

आज सुपर फोरको पहिलो खेलको रुपमा बंगलादेश र श्रीलंकाले खेल्नेछन्। आइतबार समूह ए को विजेताको रूपमा रहेको भारत र उपविजेता पाकिस्तानले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम