मुख्य समाचार
नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई) को भिसा नआएपछि काठमाडौं अड्किएको छ
नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई) को भिसा नआएपछि काठमाडौं अड्किएको छ

— नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई) को भिसा नआएपछि काठमाडौं अड्किएको छ । निर्धारित तालिकाअनुसार वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्न नेपाली टोली शुक्रबार बिहान यूएई जाने तालिका थियो । तर भिसा नआएकाले नेपाली टोलीको निर्धारित तालिका प्रभावित बनेको हो ।


वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा तीन खेलको ट्वान्टी–२० शृंखला खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने कार्यक्रम छ । त्यसपछि नेपालले पुनः यूएईमै आएर यूएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।


यूएईले यसै साता नेपाललाई भिसामा रोक लगाएपछि क्रिकेट टोलीले भिसा पाउन ढिलाइ भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र यूएई सरकारसँग नेपाली क्रिकेट टोलीको भिसा ढिलाइका बारेमा छलफल भइरहेको छ ।

‘यूएईले नेपाललाई भिसा नदिने नीतिगत निर्णय हो, त्यसैले नीतिगत रूपमै कुरा भइरहेको छ,’ लामाले भने, ‘सोमबार अगाडि भिसा आउने सम्भावना देखिँदैन । शारजहाँ पुगेर एक साता अभ्यास गर्ने कार्यक्रम थियो । लिग २ पनि त्यही हुने हुनाले चाँडै गएर वातावरणसँग घुलमिल हुन हामी एक साताअगाडि नै जान लागेका थियौं ।’

मुख्य प्रशिक्षक स्टुवार्ट ल भने शुक्रबार नै दुबई पुगेको प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । साथै उनका अनुसार स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार पनि भारतबाटै दुबई पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम