मुख्य समाचार
नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई) को भिसा नआएपछि काठमाडौं अड्किएको छ
नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई) को भिसा नआएपछि काठमाडौं अड्किएको छ

— नेपाली क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (दुबई) को भिसा नआएपछि काठमाडौं अड्किएको छ । निर्धारित तालिकाअनुसार वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्न नेपाली टोली शुक्रबार बिहान यूएई जाने तालिका थियो । तर भिसा नआएकाले नेपाली टोलीको निर्धारित तालिका प्रभावित बनेको हो ।


वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा तीन खेलको ट्वान्टी–२० शृंखला खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने कार्यक्रम छ । त्यसपछि नेपालले पुनः यूएईमै आएर यूएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।


यूएईले यसै साता नेपाललाई भिसामा रोक लगाएपछि क्रिकेट टोलीले भिसा पाउन ढिलाइ भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र यूएई सरकारसँग नेपाली क्रिकेट टोलीको भिसा ढिलाइका बारेमा छलफल भइरहेको छ ।

‘यूएईले नेपाललाई भिसा नदिने नीतिगत निर्णय हो, त्यसैले नीतिगत रूपमै कुरा भइरहेको छ,’ लामाले भने, ‘सोमबार अगाडि भिसा आउने सम्भावना देखिँदैन । शारजहाँ पुगेर एक साता अभ्यास गर्ने कार्यक्रम थियो । लिग २ पनि त्यही हुने हुनाले चाँडै गएर वातावरणसँग घुलमिल हुन हामी एक साताअगाडि नै जान लागेका थियौं ।’

मुख्य प्रशिक्षक स्टुवार्ट ल भने शुक्रबार नै दुबई पुगेको प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । साथै उनका अनुसार स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार पनि भारतबाटै दुबई पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम