मुख्य समाचार
बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन्
बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन्

— बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन् । जिल्लाको पुर्चोडी नगरपालिका –१० विजयपुर, गोरागाउँकी २२ वर्षीया बसन्ती विष्टले बाटोमा शिशुलाई जन्म दिएकी हुन् ।

बसन्तीको घर पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाको सिमानामा छ । बसन्ती डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

उनको सेवा क्षेत्र पुर्चौडीको विजयपुर स्वास्थ्य चौकी भए पनि घरबाट दोगडाकेदारको कटौजपानी स्वास्थ्य चौकी नजिक पर्ने भएकाले उनलाई त्यसतर्फ लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिएको कटोजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले बताइन् ।

'बाटोमा प्रसव पीडा निकै भएछ,’ उनले भनिन्, 'स्वास्थ्य चौकी पुग्न १० मिनेट मात्र लाग्ने थियो । शिशुलाई जन्म दिइसकेपछि उनलाई स्वास्थ्य संस्थामा ल्याएर थप उपचार गर्‍यौं ।'

अनमी जोशीका अनुसार बसन्तीले ३ केजी ४०० ग्राम तौलको शिशुलाई जन्म दिएकी हुन् । अहिले दुवैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...