मुख्य समाचार
बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन्
बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन्

— बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन् । जिल्लाको पुर्चोडी नगरपालिका –१० विजयपुर, गोरागाउँकी २२ वर्षीया बसन्ती विष्टले बाटोमा शिशुलाई जन्म दिएकी हुन् ।

बसन्तीको घर पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाको सिमानामा छ । बसन्ती डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

उनको सेवा क्षेत्र पुर्चौडीको विजयपुर स्वास्थ्य चौकी भए पनि घरबाट दोगडाकेदारको कटौजपानी स्वास्थ्य चौकी नजिक पर्ने भएकाले उनलाई त्यसतर्फ लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिएको कटोजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले बताइन् ।

'बाटोमा प्रसव पीडा निकै भएछ,’ उनले भनिन्, 'स्वास्थ्य चौकी पुग्न १० मिनेट मात्र लाग्ने थियो । शिशुलाई जन्म दिइसकेपछि उनलाई स्वास्थ्य संस्थामा ल्याएर थप उपचार गर्‍यौं ।'

अनमी जोशीका अनुसार बसन्तीले ३ केजी ४०० ग्राम तौलको शिशुलाई जन्म दिएकी हुन् । अहिले दुवैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...
। सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो । मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । ...
। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो । यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि ...
: वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट ...