मुख्य समाचार
डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन्
डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन् । अब उक्त भिजाको शुल्क वार्षिक एक लाख अमेरिकन डलर हुने भएको छ ।


यसका साथै ट्रम्पले गोल्ड कार्ड भिसा प्रोग्रामको आदेशमा पनि हस्ताक्षर गरेका छन् । कुनै पनि व्यक्तिले गोल्ड कार्ड भिसा प्राप्त गर्नका लागि १० लाख अमेरिकी डलर र कम्पनीका लागि २० लाख डलर राखिएको छ ।


अमेरिकी एच–वान भिसाको सुरुआत सन् ११९० मा भएको थियो । उत्कृष्ट कर्मचारीहरुलाई यस्तो भिसा प्रदान गरिन्छ । यस्तो भिसा प्राप्त गर्ने अधिकारीहरुमा सबैभन्दा धेरै भारतीय गरेका छन् । दोस्रोमा चीनका छन् ।

ट्रम्प प्रशासनले एच–वान भिसामा यो कदम नयाँ आप्रवासन नीति अनुसार अघि सारेको हो । गैर अमेरिकी नागरिकले अमेरिकी नागरिकको रोजगारी खोसिरहेको आरोप लगाउँदै आएका ट्रम्पले नयाँ शुल्क लागू गरेपछि एच–वान भिसामा आउनेहरुको संख्या घट्ने दाबी गरेका छन् ।

आदेशमा हस्ताक्षरपछि ट्रम्पले अमेरिकी टेक कम्पनीहरुको सम्भावित प्रतिक्रियाबारे भने, ‘मलाई लाग्छ यो कदमले उनीहरु निकै खुसी हुनेछन् ।’

के हो एच–वान भिसा?

उत्कृष्ट कर्मचारीहरुका लागि सन् १९९० देखि सुरु भएको एच–वान भिसा कार्यक्रम अन्तर्गत प्राप्त हुने भिसाको संख्या सन् २००४ मा ८४ हजार बनाइएको थियो ।

यो भिसा चिट्ठामार्फत् जारी गरिन्छ । अहिलेसम्म एच–वान भिसाको कूल प्रशासनिक शुल्क १ हजार ५ सय डलर थियो ।

यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसको तथ्याकअनुसार आगामी आर्थिक वर्षका लागि एच–वान भिसाको संख्या घटेर ३ लाख ५९ हजार पुगेको छ । गत चार वर्षको सबैभन्दा कम तथ्यांक हो यो ।

ट्रम्पको कठोर आप्रवासन नीतिका कारण भिसा आवेदनको संख्यामा पनि कमी आएको छ । अमेरिकी सरकारको तथ्यांक अनुसार गत आर्थिक वर्षमा यसको सबैभन्दा बढी फाइदा टेक कम्पनीहरु अमेजन, मेटा, टाटा, एप्पल र गुगललाई भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम