मुख्य समाचार
प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ ले पराजित
प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ ले पराजित

। प्रिमियर लिगको नाटकिय खेलमा शनिवार म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन कप्तान ब्रुनो फर्नान्डस र कासेमिरोले गोल गरे । चेल्सीका लागि ट्रेभोह चालोबाहले एक गोल फर्काए ।

दुवै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।

जितपछि युनाइटेड पाँच खेलबाट ७ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ । पहिलो हार व्यहोरेको चेल्सी पाँच खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।

खेलको पाँचौं मिनेटमै चेल्सीका गोलकिपर रोबर्ट साञ्चेजले रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि चेल्सीलाई सुरुमै धक्का लागेको थियो ।

त्यसको फाइदा उठाउँदै युनाइटेडले पहिलो हाफमै दुई गोल गर्‍यो । कप्तान फर्नान्डेसले १४औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । कासेमिरोले ३७औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

तर पहिलो हाफको इन्जुरी टाइममा कासेमिरो रातो (दोहोरो पहेंलो) कार्ड सामना गर्दै मैदान बाहिरिएपछि युनाइटेड पनि दश खेलाडीमा समेटियो ।

दोस्रो हाफमा दुवै टोलीले समान दश खेलाडीमा रहेर खेल्यो । जहाँ चेल्सीका चालोबाहले ८०औं मिनेटमा गोल गरे । तर त्यो हार टार्न पर्याप्त भएन ।

लिग अन्तर्गत शनिबारै साविक विजेता लिभरपुलले एभरटनलाई २-१ ले हराएर शतप्रतिशत जितलाई कायम राखेको छ ।

यस्तै अन्य खेलमा फुलहमले ब्रेन्टफोर्ड र लिड्स युनाइटेडले उल्भ्सलाई समान ३-१ ले तथा क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेलाई २-१ ले पराजित गरेको छ । ब्राइटन र टोटनहमले २-२ तथा बर्नली र नटिङघम फरेस्टले १-१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम