मुख्य समाचार
डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने
डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने बताएका छन् ।

समाचार संस्था एपीका अनुसार, शुक्रबार नेताद्वयबीच लामो टेलिफोन वार्ता ट्रम्पले सीसँग भेट्ने र चीन जाने घोषणा गरेका हुन् ।




ट्रम्पले ट्रुथ सोसलमा लेख्दै सी ‘उपयुक्त समय’ मा अमेरिकामा आउनेछन् र उनीहरूले लोकप्रिय सोसल मिडिया एप टिकटकलाई अमेरिकामा सञ्चालन गर्न दिन ‘टिकटक सम्झौताका स्वीकृति’ मा प्रगति गरेका उल्लेख गरेका छन् । यद्यपि उनले प्रगतिका विवरण भने खुलाएका छैनन् ।

यद्यपि चिनियाँ पक्षले सार्वजनिक गरेको वक्तव्यमा ट्रम्पले भनेजस्तो भ्रमण र टिकटकका विवाद समाधान बारे सीले मान्यता दिएको बारे केही खुलाइएको छैन ।



चिनियाँ वक्तव्यमा, सीले ट्रम्पलाई व्यापारिक सम्बन्ध बिग्रन नदिन व्यापार प्रतिबन्ध नलगाउन आग्रह गरेको मात्रै उल्लेख छ ।

बहुप्रतिक्षित यो फोनवार्ताले विश्वका दुई ठूला अर्थतन्त्रका नेताबीच सौहार्दपूर्ण सम्बन्ध देखाए पनि उनीहरूको वक्तव्यले गहिरो रूपमा गाँसिएका तर परस्परविरोधी दृष्टिकोण भएका दुई देशबीचका चुनौतीहरू लुकाउन सक्दैन ।

यद्यपि दुई नेताबीचको फोन वार्ता, भेटघाट र भ्रमणले सम्बन्ध सहज बनाउने प्रयत्नहरू अगाडि बढेको भने देखाउँछ ।

‘वार्ता निकै राम्रो भयो, हामी फेरि पनि फोनमा कुरा गर्नेछौं, टिकटक अनुमोदनप्रति आभार र दुवै जना एपीईसी मा भेट्न आतुर छौं,’ ट्रम्पले लेखेका छन् । प्रशान्त क्षेत्रमा रहेका २१ अर्थतन्त्रहरूको एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) समूहको सम्मेलन अक्टोबरमा दक्षिण कोरियामा हुँदैछ ।

वार्तापछि ट्रम्पले सीलाई ‘एक सज्जन’ को संज्ञा दिएका छन् र उनले टिकटकमा लगानी गर्न अमेरिकीहरू लाइनमा रहेको उल्लेख गरेका छन् ।

तर ट्रम्प टिकटकको एल्गोरिदमको स्वामित्वबारे अस्पष्ट देखिन्छन् । ‘सबै कुरा मिलाउँदै छौं,’ ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई सीसँगको दुई घन्टा लामो फोन वार्ता भएको उल्लेख गर्दै भने, ‘हामीले निकै राम्ररी नियन्त्रण गर्नेछौं।’

समाचार संस्था एपीका अनुसार, टिकटकको चिनियाँ स्वामित्व भएको मूल कम्पनी बाइटडान्सले वक्तव्य जारी गर्दै दुवै नेताप्रति धन्यवाद प्रकट गरेको छ । उसले अमेरिकी प्रयोगकर्ताहरूका लागि एपको सेवा निरन्तर रहोस् भन्ने सुनिश्चित गर्न जारी वार्ताप्रति रुचि देखाएको छ । तर स्वामित्वको प्रश्न कसरी समाधान हुनेछ भन्नेबारे भने धेरै विवरण स्पष्ट पारेको छैन ।

ट्रम्पले भने उक्त टिकटकसम्बन्धी उक्त सम्झौता ‘राहतपूर्वक अघि बढिरहेको छ’ भनेका छन् ।

ट्रम्प प्रशासनले यही हप्ता म्याड्रिडमा भएको व्यापार वार्ताका क्रममा चिनियाँ अधिकारीहरूसँग एपको स्वामित्वबारे एउटा सम्झौताको रुपरेखा तय गर्ने ठाउँसम्म पुगिएको बताएको छ ।

ट्रम्पले नै आफूलाई दोस्रो कार्यकाल चुनाव जिताउन भूमिका खेलेको श्रेय दिएको टिकटकलाई उनी चिनियाँ कम्पनी बाइटडान्सबाट अलग गर्न चाहन्छन् । उनले यसका लागि समयसीमा पटक-पटक लम्ब्याउँदै आएका छन् ।

गत वर्ष पारित गरिएको एक कानुनमा तथ्यांकको गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू सम्बोधन गर्न खोजिएको छ । बाइटडान्सको उत्पत्ति र स्वामित्वका कारण यसले चीनले मागेको सबै तथ्यांक बुझाउन बाध्य हुनुपर्ने भन्दै अमेरिकी अधिकारीहरू गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् ।

अमेरिकी अधिकारीहरू बाइटडान्सको उत्पत्ति र स्वामित्वबारे चिन्तित छन्, कारण चीनका कानुनहरूले चिनियाँ कम्पनीलाई सरकारले मागेको डेटा बुझाउन बाध्य पार्छ।

चिनियाँ अधिकारीहरूले सोमबार एल्गोरिदमसहित ‘बौद्धिक सम्पत्ति अधिकारको प्रयोग’ को स्वीकृतिमा सहमति भएको जनाएका छन् । दुवै पक्षले अमेरिकी प्रयोगकर्ताको डेटा र सामग्री सुरक्षा सम्हाल्ने जिम्मा साझेदारलाई दिनेमा सहमति गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम