मुख्य समाचार
एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराए
एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराए

। यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराएको छ । शनिबार राति भएको सुपर फोरको पहिलो खेलमा बंगलादेश ४ विकेटले विजयी भएको हो ।

श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशको जितमा ओपनर सैफ हसनले ६१ तथा तोहिद रिदोएले ५८ रन बनाए । कप्तान लिटन दासले २३ रन बनाए ।


श्रीलंकाका वानिन्दु हसरंगा र दशुन शनकाले २-२ विकेट लिँदा नुवान थुसारा र दुश्मान्था चमीराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ७ विकेठ गुमाएर १६८ रन बनाएको थियो । दशुन शनकाले अविजित ६४ रन बनाए । कुसल मेन्डिसले ३४ रन, पथुम निसान्काले २२, कप्तान चरिथ असलंकाले २१ रनको योगदान दिए ।



बंगलादेशका मुस्तफिजुर रहमानले ३, मेहदी हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए ।

योसँगै बंगलादेशले समूह चरणमा श्रीलंकासँग बेहोरेको हारको बदला समेत लिएको छ र सुपर फोरमा २ अंक जोडेको छ ।

सुपर फोरमा बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...