मुख्य समाचार
मलेसियन सुपर वुमन सिरिजमा खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया पुगे
मलेसियन सुपर वुमन सिरिजमा खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया पुगे

। मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न तथा त्यसअघि हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया पुगेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली शनिबार दिउँसो नै मलेसिया प्रस्थान गरेको थियो । अहिले टोली मलेसिया पुगिसकेको एक सदस्यले जानकारी दिएका हुन् । महिला टोलीका लागि कुनै औपचारिक बिदाइ कार्यक्रम भने राखिएको थिएन ।

क्यानले शनिबार दिउँसो नै विज्ञप्ति जारी गरेर नेपाल र मलेसियाको महिला टोलीका बीचमा आगामी अक्टोबर २ देखि ८ सम्म पाँच खेलको टी-२०आई शृंखला हुने र त्यसअघि खेलाडीले सिरिजमा खेल्नेबारे जानकारी गराएको थियो ।

सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेलाडीहरू सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्।

१४ सदस्यीय नेपालको टोली घोषणा हुँदा सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छन् भने टिममा पाँच परिवर्तन भएको छ ।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यी कार्यक्रमहरू राखिएको हो ।

नेपाली टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम