मुख्य समाचार
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला

। युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला भएको छ। प्रभावित विमानस्थलहरूमा लन्डनको हीथ्रो विमानस्थल, जर्मनीको बर्लिन विमानस्थल र बेल्जियमको ब्रसेल्स विमानस्थल परेका छन् ।

साइबर आक्रमणका कारण शनिबार यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणाली ठप्प भए भने धेरै उडानहरू ढिलाइ भयो । केही उडानहरू रद्द समेत गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।

चेक–इन र बोर्डिङ प्रणाली बन्द भएपछि यात्रुहरूले म्यानुअल तरिकाले चेक–इन गर्नुपरेको थियो । यसले गर्दा सम्पूर्ण उडान तालिकामा असर परेको छ।

शनिबार दिउँसोसम्म मात्र हीथ्रो विमानस्थलमा आवत–जावत गर्ने १४० भन्दा बढी उडान ढिलो भए । ब्रसेल्समा १०० भन्दा बढी र बर्लिनमा ६० भन्दा बढी उडान प्रभावित भए ।

ब्रसेल्स विमानस्थलका अधिकारीहरूको भनाइ अनुसार शुक्रबार राति विमानस्थलको चेक–इन र बोर्डिङ प्रणालीसँग सम्बन्धित सेवा प्रदायक कम्पनीमाथि साइबर आक्रमण भएको हो ।

हीथ्रो युरोपकै सबैभन्दा व्यस्त विमानस्थल हो। यहाँ पनि धेरै उडानहरू रद्द गर्नुपर्‍यो ।



ह्याकरको निसानामा कोलिन्स एयरोस्पेस प्रणाली

ह्याकरहरूले कोलिन्स एयरोस्पेस कम्पनीको प्रणालीलाई आक्रमण गरेका हुन्। यही कम्पनीले यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणालीको सुविधा उपलब्ध गराउँछ ।

कोलिन्स एयरोस्पेसको मूल कम्पनी आरटीएक्सले समस्या छिट्टै समाधान गर्ने प्रयास भइरहेको जनाएको छ। फ्र्याङ्कफर्ट र ज्युरिख जस्ता युरोपका ठूला विमानस्थल भने यस आक्रमणबाट जोगिएका छन् ।

अमेरिकामा पनि १८०० भन्दा बढी उडान ढिलो, सयौँ रद्द

अमेरिकाको डलासस्थित दुई विमानस्थलमा शुक्रबार १८०० भन्दा बढी उडान ढिलो भए। यी विमानस्थलहरूमा टेलिकम प्रणालीमा समस्या आएको थियो ।

यसका कारण फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) ले ग्राउन्ड स्टप आदेश जारी गर्‍यो । एफएएले स्थानीय टेलिकम कम्पनीका उपकरणमा खराबी आएको जनाएको छ ।

यस खराबीका कारण अमेरिकन एयरलाइन्सले २०० भन्दा बढी उडान रद्द गर्‍यो र ५०० भन्दा बढी ढिलो भए । साउथवेस्ट एयरलाइन्सका ११०० भन्दा बढी उडान पनि ढिलो भए ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम