मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल पुरस्कार पाउनुपर्ने दाबी गरे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल पुरस्कार पाउनुपर्ने दाबी गरे

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् । उनले भारत–पाकिस्तानबीच गत मे मा भएको युद्धसहित अन्य देशहरुबीच चलिरहेका संघर्षहरु रोकेको उल्लेख गर्दै आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका हुन् ।


शनिबार राति (अमेरिकी समयअनुसार) एक कार्यक्रममा भने, ‘ट्यारिफ र ट्रेडका कारण हामी सात भिन्न–भिन्न युद्ध रोक्नमा सफल भएका छौं । हामीले भारत–पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचको युद्ध पनि रोक्यौं ।’

यस्तै अर्मेनिया र अजरबैजान कैयौं वर्षदेखि युद्ध लडिरहेको, भारत–पाकिस्तानबीचको युद्ध व्यापारमार्फत रोकेको कुरा दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले भने, ‘भारत–पाकिस्तान, थाइल्यान्ड–कम्बोडिया, अर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, मिश्र–इथियोपिया र रुवान्डा–कंगो । हामीले यी सबैको एक अर्काबीच चलिरहेको युद्ध रोक्यौं । यीमध्ये ६० प्रतिशत व्यापारका कारण युद्ध रोकिए । जस्तै हामीले युद्ध भयो भने भारतसँग व्यापार गर्दैनौं भन्यौं ।’

उनले नोबेल पुरस्कारको कुरा गर्दै अघि भने, ‘यी सबै सफलतापछि मलाई भनियो–यदि तपाईं रुस र युक्रेनबीच युद्ध रोक्न सक्नुहुन्छ भने तपाईंलाई नोबेल पुरस्कार दिइनुपर्छ । मैले भने, –बाँकी सातका बारेमा के? । जुन युद्ध मैले रोकेँ, मलाई हर एकका लागि नोबेल पुरस्कार दिइनुपर्छ ।’

ट्रम्पले कैयौंपटक भारत–पाकिस्तानबीचको युद्ध रोक्न आफ्नो प्रमुख भूमिका रहेको दाबी गर्दै आएका छन् । यद्दपी भारतले उनको हरेक दाबीलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् । कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको ...
: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि ...
हङकङ र युरोपबीच व्यापार एवं लगानीका साथै नवप्रवर्तन र प्रविधि जस्ता क्षेत्रमा व्यावहारिक एवं पारस्परिक रूपमा लाभदायक सहकार्य अघि बढाउन सक्ने हङकङका वित्त सचिव पावल च्यान मो-पोले बताएका छन् । युरोपमा परिवर्तनको ठूलो चाहना रहेको र बहुपक्षीय सहकार्य एवं जोखिम विविधीकरण मार्फत थप बलियो आर्थिक उत्थानशीलता निर्माण गर्न खोजिरहेको भन्दै च्यानले यस्तो बताएका हुन् । आफ्नो साप्ताहिक ...
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस ...
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको ...