मुख्य समाचार
दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले सन्न्यास फिर्ता लिए
दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले सन्न्यास फिर्ता लिए

: दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले सन्न्यास फिर्ता लिएका छन्। उनले सन्न्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको एकदिवसीय र टी-२० दुवै टिममा फर्किएका छन्।

उनी एकदिवसीय क्रिकेट श्रृंखलाको लागि पाकिस्तान भ्रमणमा र टी-२० अन्तर्राष्ट्रिय सिरिज नामिबीयासँगको भ्रमणमा उनको नाम समावेश गरिएको छ ।

डि ककले २०२३ मा ५० ओभरको क्रिकेटबाट अन्तर्राष्ट्रिय स्टेजबाट सन्न्यास लिएका थिए। उनले २०२३ को एकदिवसीय विश्वकपपछि र २०२४ मा टी-२० विश्वकप पछि सेतो बलको फम्र्याटमा अन्तिम खेल भनिएको थियो। तर उनले टी२० अन्तर्राष्ट्रियबाट भने कहिल्यै आधिकारिक रुपमा सन्न्यासको घोषणा गरेका थिएनन्।


उनले सीपीएललगायत विश्वका टी-२० फम्र्याटका लिगहरु सक्रिय देखिइरहेका थिए। हाल दक्षिण अफ्रिकन टिमका प्रमुख प्रशिक्षक शुक्रि कोर्नाडले डि ककसँगको छलफलबाट उनी राष्ट्रिय टिममा फर्कन तयार रहेको बताए।

‘क्विन्टन सेतो बलको फम्र्याटमा फर्किनु हाम्रो लागि निकै राम्रो उर्जा हो,’ कोनार्डले भने,‘हामीले पछिल्लो महिना उनको भविष्यबारे छलफल गरेका थियौं। उनी आफ्नो देशका लागि अझै खेल्न चाहन्थे।’

उनले एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्दै गर्दा उनी पुन फर्किने संकेत दिएका थिए। उनले १५५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा उनले ६ हजार ७७० रन बनाएका छन्। उनले ९२ वटा टी२० अन्तर्राष्ट्रिय खेलेका छन्। जसमा उनले २ हजार ५८४ रन बनाएका छन्। उनले २०१५, २०१९ र २०२३ को एकदिवसीय विश्वकप खेलेका छन्।

उनले सन्न्यास लिएपछि छुटेको आइसीसी इभेन्ट भनेको च्याम्पियन्स ट्रफी हो। जसमा दक्षिण अफ्रिका सेमिफाइनलबाट बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम