मुख्य समाचार
दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले सन्न्यास फिर्ता लिए
दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले सन्न्यास फिर्ता लिए

: दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले सन्न्यास फिर्ता लिएका छन्। उनले सन्न्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको एकदिवसीय र टी-२० दुवै टिममा फर्किएका छन्।

उनी एकदिवसीय क्रिकेट श्रृंखलाको लागि पाकिस्तान भ्रमणमा र टी-२० अन्तर्राष्ट्रिय सिरिज नामिबीयासँगको भ्रमणमा उनको नाम समावेश गरिएको छ ।

डि ककले २०२३ मा ५० ओभरको क्रिकेटबाट अन्तर्राष्ट्रिय स्टेजबाट सन्न्यास लिएका थिए। उनले २०२३ को एकदिवसीय विश्वकपपछि र २०२४ मा टी-२० विश्वकप पछि सेतो बलको फम्र्याटमा अन्तिम खेल भनिएको थियो। तर उनले टी२० अन्तर्राष्ट्रियबाट भने कहिल्यै आधिकारिक रुपमा सन्न्यासको घोषणा गरेका थिएनन्।


उनले सीपीएललगायत विश्वका टी-२० फम्र्याटका लिगहरु सक्रिय देखिइरहेका थिए। हाल दक्षिण अफ्रिकन टिमका प्रमुख प्रशिक्षक शुक्रि कोर्नाडले डि ककसँगको छलफलबाट उनी राष्ट्रिय टिममा फर्कन तयार रहेको बताए।

‘क्विन्टन सेतो बलको फम्र्याटमा फर्किनु हाम्रो लागि निकै राम्रो उर्जा हो,’ कोनार्डले भने,‘हामीले पछिल्लो महिना उनको भविष्यबारे छलफल गरेका थियौं। उनी आफ्नो देशका लागि अझै खेल्न चाहन्थे।’

उनले एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्दै गर्दा उनी पुन फर्किने संकेत दिएका थिए। उनले १५५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा उनले ६ हजार ७७० रन बनाएका छन्। उनले ९२ वटा टी२० अन्तर्राष्ट्रिय खेलेका छन्। जसमा उनले २ हजार ५८४ रन बनाएका छन्। उनले २०१५, २०१९ र २०२३ को एकदिवसीय विश्वकप खेलेका छन्।

उनले सन्न्यास लिएपछि छुटेको आइसीसी इभेन्ट भनेको च्याम्पियन्स ट्रफी हो। जसमा दक्षिण अफ्रिका सेमिफाइनलबाट बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम