मुख्य समाचार
आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेले
आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेले

— इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा लिएको अग्रताले ५ अंक छोएको छ । मर्सिसाइड डर्बीमा एभरटनमाथिको जितसँगै आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेपछि लिभरपुललाई यो फाइदाको स्थिति तयार भएको हो ।


डिफेन्डिङ च्याम्पियन लिभरपुलले एभरटनविरुद्ध विशेषतः दोस्रो हाफमा राम्रो खेल्न सकेन । यसले देखाउँछ, यो टिममा पनि कमजोरी त छ । लिभरपुलले कीर्तिमानी रकममा एलेक्जान्डर इसाकलाई भित्र्याए पनि उनको स्थानमा ह्युगो एकिटिकेले नै मौका पाइरहेका छन् । यो सप्ताहन्तको खेलपछि लिगका तीन प्रमुख विशेषता यस्तो रह्यो ः

आर्सनल अझै दोस्रो उत्कृष्ट

ग्याब्रियल मार्टिनेलीले गरेको उत्कृष्ट गोलको मदतमा आर्सनल यो सिजनको दोस्रो हारबाट जोगिन सफल रह्यो । तर टोलीले आफ्नो घरमा थाकेर लखतरान भएको सिटीलाई भने हराउन सकेन । यसले प्रश्न के बनेको छ भने आर्सनललाई साँच्चै लिभरपुल पछ्याउन गाह्रो त छैन ? आर्सनल त्यही टिम हो, जसले पछिल्लो तीन सिजन लगातार दोस्रो स्थानमा चित्त बुझाएको छ ।

यही कारणले आर्सनलले यो सिजनका लागि भनेर मन खुलेर खर्च गरेको छ । बजेटको आकार बढाए पनि आर्सनलले इसाक अनुबन्ध गर्ने दौडमा आफूलाई सामेल गर्न सकेन । कम्तीमा सिटीका इर्लिङ हालान्डले एकपल्ट फेरि प्रमाणित गरेका छन्, विश्वस्तरीय स्ट्राइकरको महत्त्व के छ भनेर । सिटीका लागि यो सिजनको ८ खेलमा उनले १३ गोल गरिसकेका छन् ।

Hardik IVF
Global IME Updated May 12
Laxmi Sunrise bank
यी खेल क्लब र देश दुवैका लागि हो । आसर्नलका लागि भिक्टर ग्योकेरेस एकपल्ट फेरि असफल भएका छन् । म्यानचेस्टर युनाइटेड र लिभरपुलविरुद्ध उनको खेल फिक्का नै रहेको थियो । अहिले नै लिभरपुलको तुलनामा आर्सनल ५ अंकले पछाडि परिसकेको छ । अबको खेलमा टोलीले न्युकासल युनाइटेडको सामना गर्नेछ । आर्सनल पछिल्लो सिजन दुवै पटक सेन्ट जेम्स पार्कमा पराजित थियो ।

एकिटिकेको प्रदर्शनमा स्तरीयता

लिभरपुल प्रशिक्षक आर्ने स्लटसामु अगाडि कसलाई खेलाउन हो भन्नमा विकल्पको सुविधा छ । लिभरपुलले २७ करोड डलर खर्चेपछि टोलीसामु इसाक छ, एकिटिके पनि छ । युरोपेली च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडविरुद्ध डेब्यु गरेका इसाकले एभरटनविरुद्ध सुरुदेखि खेल्न पाएनन् । उनको स्थानमा यही मौका एकिटिकेले पाए । उनी ६ करोड ९० लाख पाउन्डमा इन्ट्राक्ख्ट फ्रांकफर्टबाट लिभरपुल आएका हुन् ।

एभरटनविरुद्धको जितमा गोलको खाता उनले नै खोलेका थिए । यी युवा फ्रान्सेली स्ट्राइकरले प्रिमियर लिगमा गरेको गोलसंख्या तीन पुगिसकेको छ । उनको गोल स्तरीय थियो । ‘अरू सबै टिममा पनि नम्बर ९ मा खेल्न सक्ने दुई खेलाडी छन् । भाग्य के हामीसँग यो स्थानमा खेल्ने दुई उत्कृष्ट खेलाडी छन्,’ स्लट भन्छन् । एकिटिकेको लय खासमा लिभरपुलको अहिलेसम्मको शतप्रतिशत प्रदर्शनमा निर्णायक जस्तै छ ।

बरू बायर लेभरकुजनबाट १० करोड डलर मूल्यमा आएका फ्लोरिन विर्टज भने राम्रो प्रदर्शनका लागि संघर्षरत देखिएका छन् । उनी पूर्ण फिटनेसका लागि पनि संघर्षरत देखिएको छ । यति भन्दाभन्दै पनि लिभरपुल नै त्यो टिम रहेको छ, जसलाई उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी मान्न सकिन्छ । लगातार जित्ने बानी कायम राख्ने हो भने लिभरपुललाई पन्छाएर अगाडि बढ्न अरूलाई गाह्रै छ ।

प्यालेसको अपराजित यात्रा

लिभरपुलपछि यसपल्टको प्रिमियर लिगमा कुनै एक टिम अहिलेसम्म अपराजित छ भने त्यो क्रिस्टल प्यालेस नै हो । टोलीले भर्खरै लन्डन स्टेडियममा वेस्ट ह्यामलाई २–१ ले हराएको छ । यो नतिजाले वेस्ट ह्याम र यसका प्रशिक्षक ग्राहम पोर्टर खुबै दबाबमा परिसकेका छन् । गत सिजन प्यालेसको प्रदर्शन उत्कृष्ट रहेको थियो । सबै खाले प्रतियोगितामा गरेर प्यालेस पछिल्ला १७ खेलमा अपराजित छ ।

यो प्यालेसको कीर्तिमानी प्रदर्शन हो । यसक्रममा टोलीले एफए कप फाइनलमा म्यानचेस्टर सिटीलाई पनि हराएको थियो । त्यतिमात्र होइन, उसले लिभरपुललाई दुईपल्ट हराइसकेको छ भने आर्सनल, चेल्सी, टोटनहम र एस्टन भिल्लालाई पनि पराजित छ । प्यालेसको यो प्रदर्शनबाट स्वाभाविक रूपमा प्रशिक्षक ओलिभर ग्लास्नर खुसी छन् । लिगमा अब प्यालेसले सामना गर्ने भनेकै फेरि लिभरपुल हो ।

प्यालेस क्लब इतिहासमै पहिलो पटक युरोपमा पनि खेल्दै छ । ‘यो सबै राम्रो नतिजाका कारण सम्भव भइरहेको छ । यो दुई वा तीन साताको प्रदर्शन मात्र होइन, महिना दिनभन्दा लामो समयको हो । हाम्रा खेलाडीलाई के विश्वास हुन थालेको छ भने अहिले टिमले जे जस्तो खेलिरहेको छ, त्यो गति कायम राख्नुपर्छ ।’ प्यालेसले कन्फ्रेन्स लिग खेल्दै छ । त्यो युरोपा लिगबाट घटुवा गरिएको हुनाले खेल्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम