मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

: नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो।

नयाँ जर्सीमा नासा सेक्युरिटिजको लोगो बीचमा राखिएको छ। नेपाल क्रिकेट संघसँग प्रायोजनको सम्झौता गरेको नासाले जर्सीको बीचमा स्थान पाएको छ।

नयाँ जर्सीमा रङ परिमार्जन गरिएको छ। रातो र गाढा नीलो कलरमा नयाँ जर्सी सार्वजनिक भएको छ। जसमा एउटा काँधमा चन्द्र र अर्को काँधमा सूर्य राखिएको छ। जर्सीको तल्लो भागमा सगरमाथा अंकित हिमालको प्रतिबिम्ब राखिएको छ।


पुरानो जर्सीमा पहेँलो रंगले नेपाल लेखिएको थियो भने यो नयाँ जर्सीमा सेतो रंग प्रयोग गरिएको छ।

नेपालले आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका लागि बलियो टोली वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । सोमबार युएई प्रस्थान गरेको नेपाली टोलीले सेप्टेम्बर २७, २९ र ३० मा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा टीट्वेन्टी शृंखला खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहमद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम छन् ।यस शृंखलाजलगत्तै नेपालले आईसीसी टीट्वेन्टी विश्वकप छनोटअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिकको रिजनल फाइनलमा सहभागिता जनाउनेछ । छनोट प्रतियोगिता अक्टोबर ८ देखि ओमानमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम