मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

: नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो।

नयाँ जर्सीमा नासा सेक्युरिटिजको लोगो बीचमा राखिएको छ। नेपाल क्रिकेट संघसँग प्रायोजनको सम्झौता गरेको नासाले जर्सीको बीचमा स्थान पाएको छ।

नयाँ जर्सीमा रङ परिमार्जन गरिएको छ। रातो र गाढा नीलो कलरमा नयाँ जर्सी सार्वजनिक भएको छ। जसमा एउटा काँधमा चन्द्र र अर्को काँधमा सूर्य राखिएको छ। जर्सीको तल्लो भागमा सगरमाथा अंकित हिमालको प्रतिबिम्ब राखिएको छ।


पुरानो जर्सीमा पहेँलो रंगले नेपाल लेखिएको थियो भने यो नयाँ जर्सीमा सेतो रंग प्रयोग गरिएको छ।

नेपालले आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका लागि बलियो टोली वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । सोमबार युएई प्रस्थान गरेको नेपाली टोलीले सेप्टेम्बर २७, २९ र ३० मा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा टीट्वेन्टी शृंखला खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहमद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम छन् ।यस शृंखलाजलगत्तै नेपालले आईसीसी टीट्वेन्टी विश्वकप छनोटअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिकको रिजनल फाइनलमा सहभागिता जनाउनेछ । छनोट प्रतियोगिता अक्टोबर ८ देखि ओमानमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम