मुख्य समाचार
बंगलादेशलाई हराउँदै भारत एसिया कप २०२५ को फाइनल प्रवेश
बंगलादेशलाई हराउँदै भारत एसिया कप २०२५ को फाइनल प्रवेश

: बंगलादेशलाई हराउँदै भारत एसिया कप २०२५ को फाइनल प्रवेश गरेको छ। बंगलादेशलाई ४१ रनले हराउँदै भारतले एक खेल अगावै फाइनलमा स्थान बनाएको हो।

फाइनलमा स्थान बनाउँदासम्म भारत अपराजित रहेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।

भारतले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो।


बंगलादेशका लागि ओपनर ब्याटर सैफ हसनले सर्वाधिक ६९ रनको पारी खेले। उनले ५१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। परवेज होसेन इमोनले २१ रन बनाउँदा अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अङ्कको रन बनेन।
बलिङमार्फत १७० भन्दा कम आँकडामा भारतलाई रोकेको बंगलादेशले ब्याटिङमा भने प्रदर्शन गर्न सकेन। दुई ब्याटरभन्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन नसक्नु नै बंगलादेशको लागि हारको कारण बन्यो।

भारतको लागि कुलदिप यादवले सर्वाधिक ३ विकेट लिए। जसप्रति बुमराह र वरुण चक्रवर्तीले समान २-२ विकेट लिँदा अक्षर पटेल र तिलक बर्माले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रनको पारी खेले। उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। भारतका लागि पहिलो विकेटका लागि सुभ्मन गिल र अभिषेक शर्माले ७७ रनको साझेदारी गरेका थिए। ११. १ ओभरमा रनआउटको रुपमा पेभेलियन फर्किएका अभिषेकले ब्याटिङ गरिरहँदा भारतको अनुमानित रन १९० माथिको थियो। आक्रमक स्वभावमा ब्याटिङ गर्ने अभिषेक पेभेलियन फर्किएपछि भने भारतको ब्याटिङ सुस्ताएको हो।

ओपनर ब्याटर गिल १९ बलमा २९ रन बनाउँदै पेभेलियन फर्किएका थिए। त्यसपछि, शिवम दुबे र कप्तान सूर्यकुमार यादवले दोहोरो अङ्कको रन बनाउन नसक्दा हार्दिक पाण्ड्या केही कमान्ड सम्हाले । उनले २९ बलमा ३८ रन बनाए। अक्षर पटेल १० रनमा अविजित रहे।

बंगलादेशका लागि रसिद होसेनले सर्वाधिक २ विकेट लिए। तान्जीम हसन सकिब, मुस्तफिजुर रहमान र मोहम्मद सैफउद्दिनले १-१ विकेट लिए ।

भारतसँग फाइनलमा स्थान बनाउन बंगलादेश र पाकिस्तान खेल्दै

एसिया कप २०२५ को फाइनलमा भारतले स्थान बनाएसँगै फाइनल पुग्न आज बंगलादेश र पाकिस्तानले एकअर्कासँग खेल्दैछन्।

श्रीलंका भने लगातार २ हारसहित फाइनल दौडबाट बाहिरिसकेको छ।

सुपरफोरको पहिलो खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै बंगलादेशले पहिलो जित दर्ता गरेको थियो। त्यस्तै, सोही श्रीलंकालाई पाकिस्तानले ५ विकेटले हरायो।
सुपर फोरमा समान १/१ जित निकालेका पाकिस्तान र बंगलादेश आज दोस्रो जितको खोजीमा हुनेछन्। आजको खेलको विजेताले भारतसँग फाइनलमा खेल्नेछ।

सुपरफोरको अन्तिम खेलको रूपमा भारतले श्रीलंकासँग शुक्रबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम