मुख्य समाचार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन भएको छ ।

महासभामा नेतान्याहूले दिएको भाषणकै समयमा बाहिर टाइम्स स्क्वायरमा ‘फ्री प्यालेस्टाइन ’को नारा लगाउँदै ठूलो प्रदर्शन भइरहेको थियो ।




नेतान्याहुको भाषण सुरु हुनासाथ सयौं प्रदर्शनकारी टाइम्स स्क्वायरमा भेला भएका थिए । विरोधमा यहुदी धर्मगुरु रब्बी यित्ज्चोक ड्यूश पनि सहभागी थिए । उनले नेतान्याहुलाई संयुक्त राष्ट्रमा बोल्ने अधिकार नभएको बताउँदै भने, ‘उनी हाम्रो धर्मको प्रयोग गरेर आफ्ना अपराधलाई लम्ब्याउन खोज्दैछन्, उनी हाम्रो नाममा बोलिरहेका छैनन्।’

प्रदर्शन स्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । रब्बी ड्यूशले गाजामा युद्ध अन्त्य हुनु पर्नेमा विश्वभरका अधिकांश यहुदीहरू सहमत रहेको दाबी गर्दै सात अक्टोबरको आक्रमणको निन्दा गरे । तर, उनले संघर्षका ‘मूल कारणहरू’ समाधान नगरी शान्ति सम्भव नहुने बताए ।



महासभामा आक्रामक भाषण गरेका नेतान्याहुले प्यालेस्टाइनलाई दिइएको मान्यता अस्वीकार गरेका थिए । धेरै देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएपछि उनी आक्रामक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...