मुख्य समाचार
एप्सटीन काण्डमा मस्कको नाम पनि जोडियो
एप्सटीन काण्डमा मस्कको नाम पनि जोडियो

। अमेरिकी यौन अभियुक्त जेफ्री एप्सटीनको सम्पत्तिसँग जोडिएका नयाँ कागजातहरू सार्वजनिक भएका छन् । यी कागजातहरूमा सन् २००७ मा दोषी ठहर भइसकेपछि पनि एप्सटीन धेरै ठूला नेता र उद्योगपतिहरूसँग सम्पर्कमा रहेका तथ्य खुलासा भएका छन् ।

यी नामहरूमा टेस्लाका मालिक इलोन मस्क, पेपालका सह-संस्थापक पीटर थिल र ट्रम्पका सहयोगी स्टीव बैनन समावेश छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, अमेरिकी हाउस ओभरसाइट एन्ड गभर्नमेन्ट रिफर्म कमिटीलाई कुल ८,५४४ कागजातहरू हस्तान्तरण गरिएको छ। यसमा दैनिक तालिका, उडान विवरण, पैसाको रेकर्ड र फोन सन्देशहरू समावेश छन्।

कागजातअनुसार, डिसेम्बर २०१४ मा मस्कले एप्सटीनको निजी टापुको यात्रा गर्ने योजना बनाएका थिए। एउटा नोटमा लेखिएको छ, ‘के यो अझै निश्चित छ?’



यस्तै, सन् २०१७ मा पीटर थिलसँग दिवाभोज र सन् २०१९ मा स्टीव बैननसँग बिहानको खाजाको विषय पनि उल्लेख छ। यो भेट एप्सटीन पक्राउ पर्नुभन्दा केही महिनाअघिको भएको बताइएको छ।

रेकर्डहरूमा प्रिन्स एन्ड्र्यूसँग जोडिएको मसाज भुक्तानीको पनि उल्लेख छ। साथै, सन् २००० देखिको उडान विवरणहरूमा एप्सटीन, गिसलेन म्याक्सवेल, प्रिन्स एन्ड्र्यू र अन्य व्यक्तिहरूको यात्राको विवरण दर्ता छ।

ती कागजातहरूले एप्सटीन सन् २००७ को विवादास्पद ‘प्लीडील’ (अभियोजन सम्झौता) पछि पनि शक्तिसम्पन्न र धनी व्यक्तिहरूसँग नजिकको सम्बन्धमा थिए भन्ने देखाउँछ । एप्सटीनमाथि दर्जनौं नाबालिग केटीहरूको यौन शोषणको आरोप लागेको थियो, तर २००७ मा फ्लोरिडामा भएको एक अभियोजन सम्झौता अन्तर्गत उनले वेश्यावृत्तिसँग सम्बन्धित एउटा मात्र आरोप स्वीकार गरेका थिए ।

उनलाई १३ महिनाको जेल सजाय भयो । यद्यपि, उनलाई दिनमा काम गर्ने पाउने सुविधासहित उक्त सजाय सुनाइएको थियो । साथै, उनीमाथि लागेका बाँकी गम्भीर आरोपहरू हटाइएका थिए। यो सम्झौतामा उनका सम्भावित सहयोगी वा ठूला नेटवर्कको अनुसन्धान नगरिने पनि तय भएको थियो।

यसैबीच, रिपब्लिकन नेताहरूले डेमोक्र्याटहरूले राजनीतिक फाइदा लिनका लागि छनोट गरिएका कागजातहरू मात्र सार्वजनिक गरेका आरोप लगाएका छन् ।

पीडितहरूको सुरक्षाका लागि धेरै कागजातहरू अहिले पनि सिल गरिएका छन्। आउने हप्ताहरूमा थप खुलासाहरू हुन सक्ने बताइएको छ ।

एप्सटीनले सन् २०१९ को अन्त्यमा जेलभित्रै आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...