मुख्य समाचार
शारजाहमा नेपाललाई ऐतिहासिक अवसर
शारजाहमा नेपाललाई ऐतिहासिक अवसर

: नेपाली क्रिकेट टिमले शनिबार ऐतिहासिक खेल खेल्दैछ। नेपालले पहिलो पटक आइसीसीबाट मान्यता प्राप्त पूर्ण राष्ट्रसँग तीन दिवसीय टी-२० सिरिज खेल्दैछ।

नेपाली टोलीले युएईको शारजाह क्रिकेट मैदानमा यो सिरिज खेल्दैछ। नेपाली क्रिकेटमा ऐतिहासिक महत्त्व बोकेको यो सिरिजले नेपाली क्रिकेटलाई विश्व क्रिकेटमा पहिचान बनाउन मद्धत गर्नेछ।

नेपाली क्रिकेट टोली शारजाह क्रिकेट मैदानलाई घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने यस सिरिज खेल्न हालः नेपाली टोली युएई पुगिसकेको छ। युएई पुगेर नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेको छ। नेपालका प्रमुख प्रशिक्षक स्टुअर्ट ल पनि टिमलाई प्रशिक्षण दिन युएई पुगेका छन्।


नेपालको राम्रो तयारी इतिहास बनाउने मौका

नेपाली टिमका लागि आइसीसी टी-२० विश्वकप पूर्वी एसिया प्यासिफिक छनोट खेल्नुअघि यो राम्रो तयारीको मौका हो। नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो विश्वकप छनोट अगाडिको राम्रो मौका रहेको बताएका छन्।

नेपाली टिम सोमबार युएई उड्नुअघि नेपाली टिमको बिदाइका क्रममा सहायक प्रशिक्षक मल्लले भने, ‘हामी ऐतिहासिक क्षणमा छौं। हाम्रो लागि यो निकै राम्रो अवसर हो। यसलाई सदुपयोग गर्नुपर्छ। टेष्ट राष्ट्रविरुद्ध जित निकाल्ने अवसर छ।’

नेपाली टिम राम्रो तयारीका साथ युएई गएको छ। उता, वेष्ट इन्डिजले आफ्नो मुख्य खेलाडीहरूलाई आराम दिएको छ। यो नेपालीका लागि राम्रो इतिहास बनाउने मौका हो।

नेपाल र वेष्ट इन्डिजको मुख्य टोलीसँगको खेल एक ऐतिहासिक खेल हो। यसो भन्दै गर्दा गत वैशाखमा नेपालले वेष्ट इन्डिज एसँग खेलेको थियो। नेपालका तत्कालीन प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा नेपालले ३-२ ले नतिजा वेष्ट इन्डिज एलाई सुम्पेको थियो। तर, यो सिरिजमा नेपालले २ खेलको जित निकालेको थियो। यो कुराले नेपाली टिमलाई यो सिरिजमा पनि मानसिकरूपमा बलियो राख्न null मिल्नेछ।



नेपाली टोलीले वेष्ट इन्डिज सिरिज अगाडि भारतमा प्रशिक्षण र अष्ट्रेलियाको टप एण्ड टी-२० सिरिजले निकै सहज बनाएको सिरिजमा प्रस्थान गर्नुपूर्व कप्तान रोहित पौडेलले भनेका थिए। ‘हामीले तयारी राम्रो गरेका छौं। भारतको प्रशिक्षण र अष्ट्रेलियामा गएर खेलेको सिरिजले हामीलाई राम्रो तयार गरेको छ।’

नेपालका प्रमुख प्रशिक्षक स्टुअर्ट लले नेपाली टिम खेल्नको लागि तयार रहेको बताए। उनले नेपाली समर्थकहरूलाई शारजाह क्रिकेट स्टेडियममा आएर समर्थन गर्न आग्रह गरेका छन्। ‘हामीले युएईमा राम्रो सुविधासम्पन्न शारजाह क्रिकेट मैदान पाएका छौं। तयारी राम्रो छ। खेलाडीहरू खेल्नका लागि तयार छन्। युएईमा रहनुभएका तपाईँहरू मैदानमा आएर आफ्नो टिमलाई समर्थन गर्नुहोला,’ क्यानले सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्।

कप्तान रोहितले पनि युएईमा गएर राम्रो तयारी भएको र आफूहरू यो सिरिज जित्नकै लागि खेल्ने बताए। ‘नेपालमा २ दिनको क्याम्प लागेको थियो। यहाँ आएर पनि हामीले नेटमा राम्रो अभ्यास गरेका छौं। हामी यहाँ यो सिरिज जित्न आएका हौं।’

नेपाललाई ब्रायन लाराको सन्देश

नेपाली क्रिकेट टिमलाई गत नेपाल प्रिमियर लिग (एनपीएल)पश्चात अझ बढी चिन्ने मौका पाएका वेष्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लाराले युनिटी कप अगाडि टिमलाई भिडियो सन्देश पठाए। उनले नेपाली क्रिकेटको भविष्यका लागि यो सिरिज निकै महत्वपूर्ण हुने बताए। ‘युवा टिमले एक उत्कृष्ट देशसँग खेल्ने मौका पाउनु क्रिकेट समुदायको लागि महत्वपूर्ण कुरा हो,’ उनले सन्देशमा भनेका छन्।

वेष्टइन्डिज लेजेन्डले भिडियोमार्फत नेपाली टिमलाई युनिटी कपको लागि शुभकामना दिए। ‘नेपाली टिमलाई धेरै शुभकामना। मलाई थाहा छैन म कुन देशलाई समर्थन गर्छु किनभने, मलाई नेपाल निकै मन पर्छ।’

null

नेपाल र वेस्ट इन्डिजको खेल तालिकाः

पहिलो खेल : २७ सेप्टेम्बर (११ असोज) राति ८:१५

दोस्रो खेल : २९ सेप्टेम्बर (१३ असोज) राति ८:१५

तेस्रो खेल : ३० सेप्टेम्बर (१४ असोज) राति ८:१५

नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी र साहब आलम

वेस्ट इन्डिजको टोली

अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम