मुख्य समाचार
शारजाहमा नेपाललाई ऐतिहासिक अवसर
शारजाहमा नेपाललाई ऐतिहासिक अवसर

: नेपाली क्रिकेट टिमले शनिबार ऐतिहासिक खेल खेल्दैछ। नेपालले पहिलो पटक आइसीसीबाट मान्यता प्राप्त पूर्ण राष्ट्रसँग तीन दिवसीय टी-२० सिरिज खेल्दैछ।

नेपाली टोलीले युएईको शारजाह क्रिकेट मैदानमा यो सिरिज खेल्दैछ। नेपाली क्रिकेटमा ऐतिहासिक महत्त्व बोकेको यो सिरिजले नेपाली क्रिकेटलाई विश्व क्रिकेटमा पहिचान बनाउन मद्धत गर्नेछ।

नेपाली क्रिकेट टोली शारजाह क्रिकेट मैदानलाई घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने यस सिरिज खेल्न हालः नेपाली टोली युएई पुगिसकेको छ। युएई पुगेर नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेको छ। नेपालका प्रमुख प्रशिक्षक स्टुअर्ट ल पनि टिमलाई प्रशिक्षण दिन युएई पुगेका छन्।


नेपालको राम्रो तयारी इतिहास बनाउने मौका

नेपाली टिमका लागि आइसीसी टी-२० विश्वकप पूर्वी एसिया प्यासिफिक छनोट खेल्नुअघि यो राम्रो तयारीको मौका हो। नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो विश्वकप छनोट अगाडिको राम्रो मौका रहेको बताएका छन्।

नेपाली टिम सोमबार युएई उड्नुअघि नेपाली टिमको बिदाइका क्रममा सहायक प्रशिक्षक मल्लले भने, ‘हामी ऐतिहासिक क्षणमा छौं। हाम्रो लागि यो निकै राम्रो अवसर हो। यसलाई सदुपयोग गर्नुपर्छ। टेष्ट राष्ट्रविरुद्ध जित निकाल्ने अवसर छ।’

नेपाली टिम राम्रो तयारीका साथ युएई गएको छ। उता, वेष्ट इन्डिजले आफ्नो मुख्य खेलाडीहरूलाई आराम दिएको छ। यो नेपालीका लागि राम्रो इतिहास बनाउने मौका हो।

नेपाल र वेष्ट इन्डिजको मुख्य टोलीसँगको खेल एक ऐतिहासिक खेल हो। यसो भन्दै गर्दा गत वैशाखमा नेपालले वेष्ट इन्डिज एसँग खेलेको थियो। नेपालका तत्कालीन प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा नेपालले ३-२ ले नतिजा वेष्ट इन्डिज एलाई सुम्पेको थियो। तर, यो सिरिजमा नेपालले २ खेलको जित निकालेको थियो। यो कुराले नेपाली टिमलाई यो सिरिजमा पनि मानसिकरूपमा बलियो राख्न null मिल्नेछ।



नेपाली टोलीले वेष्ट इन्डिज सिरिज अगाडि भारतमा प्रशिक्षण र अष्ट्रेलियाको टप एण्ड टी-२० सिरिजले निकै सहज बनाएको सिरिजमा प्रस्थान गर्नुपूर्व कप्तान रोहित पौडेलले भनेका थिए। ‘हामीले तयारी राम्रो गरेका छौं। भारतको प्रशिक्षण र अष्ट्रेलियामा गएर खेलेको सिरिजले हामीलाई राम्रो तयार गरेको छ।’

नेपालका प्रमुख प्रशिक्षक स्टुअर्ट लले नेपाली टिम खेल्नको लागि तयार रहेको बताए। उनले नेपाली समर्थकहरूलाई शारजाह क्रिकेट स्टेडियममा आएर समर्थन गर्न आग्रह गरेका छन्। ‘हामीले युएईमा राम्रो सुविधासम्पन्न शारजाह क्रिकेट मैदान पाएका छौं। तयारी राम्रो छ। खेलाडीहरू खेल्नका लागि तयार छन्। युएईमा रहनुभएका तपाईँहरू मैदानमा आएर आफ्नो टिमलाई समर्थन गर्नुहोला,’ क्यानले सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्।

कप्तान रोहितले पनि युएईमा गएर राम्रो तयारी भएको र आफूहरू यो सिरिज जित्नकै लागि खेल्ने बताए। ‘नेपालमा २ दिनको क्याम्प लागेको थियो। यहाँ आएर पनि हामीले नेटमा राम्रो अभ्यास गरेका छौं। हामी यहाँ यो सिरिज जित्न आएका हौं।’

नेपाललाई ब्रायन लाराको सन्देश

नेपाली क्रिकेट टिमलाई गत नेपाल प्रिमियर लिग (एनपीएल)पश्चात अझ बढी चिन्ने मौका पाएका वेष्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लाराले युनिटी कप अगाडि टिमलाई भिडियो सन्देश पठाए। उनले नेपाली क्रिकेटको भविष्यका लागि यो सिरिज निकै महत्वपूर्ण हुने बताए। ‘युवा टिमले एक उत्कृष्ट देशसँग खेल्ने मौका पाउनु क्रिकेट समुदायको लागि महत्वपूर्ण कुरा हो,’ उनले सन्देशमा भनेका छन्।

वेष्टइन्डिज लेजेन्डले भिडियोमार्फत नेपाली टिमलाई युनिटी कपको लागि शुभकामना दिए। ‘नेपाली टिमलाई धेरै शुभकामना। मलाई थाहा छैन म कुन देशलाई समर्थन गर्छु किनभने, मलाई नेपाल निकै मन पर्छ।’

null

नेपाल र वेस्ट इन्डिजको खेल तालिकाः

पहिलो खेल : २७ सेप्टेम्बर (११ असोज) राति ८:१५

दोस्रो खेल : २९ सेप्टेम्बर (१३ असोज) राति ८:१५

तेस्रो खेल : ३० सेप्टेम्बर (१४ असोज) राति ८:१५

नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी र साहब आलम

वेस्ट इन्डिजको टोली

अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम