मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेका छन्। ट्रम्पले अमेरिका बाहिर बनाइएका ब्रान्डेड औषधिहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका हुन्। यो नियम अक्टोबर १,२०२५ देखि लागू हुनेछ।

अमेरिकाले औषधिसँगै किचन क्याबिनेट,बाथरुम भ्यानिटी,गद्देदार फर्निचर र मालवाह ट्रकलगायत आयातित वस्तुमा नयाँ कर लगाएको हो। किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५० ,फर्निचरमा ३० र ट्रकमा २५ प्रतिशत आयात कर लगाइएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्र्थ सोसियलमार्फत् यसबारे जानकारी गराएका छन्।

'अक्टोबर १, २०२५ देखि, हामी सबै ब्रान्डेड वा पेटेन्ट गरिएका औषधि उत्पादनहरूमा १००% कर लगाउनेछौं। यहाँ उत्पादित औषधिहरू समावेश गरिने छैनन्,'ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।


ट्रम्पले ट्रक निर्माताहरूलाई अनुचित विदेशी प्रतिस्पर्धाबाट जोगाउन विश्वका अन्य भागहरूमा उत्पादित सबै भारी ट्रकहरूमा २५ प्रतिशत कर लगाएको स्पष्ट पारेका छन्।

उनले भने,' यसो गर्दा हाम्रा प्रमुख ठूला ट्रक निर्माताहरू, जस्तै पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रक र अन्य कम्पनीहरू, बाह्य अवरोधहरूबाट सुरक्षित हुनेछन्।'

भारतीय औषधि कम्पनीहरूमा प्रभाव

व्यापार अनुसन्धान एजेन्सी GTRI (ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ) का अनुसार औषधि क्षेत्र भारतको सबैभन्दा ठूलो औद्योगिक निर्यात हो। भारतले हरेक वर्ष लगभग १२.७ अर्ब डलर बराबरको औषधि अमेरिकामा निर्यात गर्छ। तर, यी धेरैजसो औषधिहरू जेनेरिक औषधिहरू हुन्।

ब्रान्डेड औषधिहरू भारतबाट अमेरिकामा पनि निर्यात गरिन्छ, यद्यपि यो व्यापार जेनेरिक औषधिहरूको तुलनामा धेरै सानो छ। डा. रेड्डीज, लुपिन र सन फार्मा जस्ता भारतीय कम्पनीहरूले अमेरिकामा ब्रान्डेड औषधिहरू निर्यात गर्छन्।

यसअघि ट्रम्पले भारतीय आयातमा ५० प्रतिशत कर लगाउँदा GTRI ले अमेरिकी करले जेनेरिक र ब्रान्डेड औषधिको मूल्य बढ्ने बताएको थियो। GTRI का अनुसार अमेरिकालाई ठूलो मात्रामा औषधि बेच्ने भारतीय कम्पनीहरूले धेरै कम मार्जिनमा काम गर्छन्।

उत्तर अमेरिका भारतीय औषधि कम्पनीहरूको लागि आम्दानीको प्रमुख स्रोत हो। यी कम्पनीहरूको आम्दानीमा यस क्षेत्रले सबैभन्दा बढी योगदान पुर्‍याउँछ र नाफामा एक तिहाइ योगदान दिन्छ।

आयरल्याण्ड संकटमा ?

वास्तवमा, आयरल्याण्ड ब्रान्डेड औषधिहरूको प्रमुख निर्माताहरू मध्ये एक हो। विश्वका एक दर्जनभन्दा बढी ठूला औषधि कम्पनीहरूको आयरल्याण्डमा कारखानाहरू छन्, जसमध्ये केही दशकौं पुराना छन्।

धेरै कम्पनीहरूले अमेरिकी बजारको लागि औषधि उत्पादन गर्छन्। मर्क फार्माले आयरल्याण्डको राजधानी डब्लिन नजिकै, विश्वको सबैभन्दा धेरै बिक्री हुने प्रिस्क्रिप्शन क्यान्सर औषधि किट्रुडा उत्पादन गर्छ।

AbbVie ले वेस्टपोर्टमा बोटोक्स इंजेक्शन बनाउँछ, जबकि एली लिलीको किन्सेल प्लान्टले मोटोपनको औषधिको बढ्दो अमेरिकी माग पूरा गर्न मद्दत गर्छ। रोयटर्सका अनुसार ट्रम्पले बारम्बार आयरल्याण्डमाथि जोनसन एण्ड जोनसन र फाइजर जस्ता अमेरिकी कम्पनीहरूलाई कम कर्पोरेट कर दर दिएर लोभ्याएको आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...